एमालेले दियो रेणु दाहालबारे सनसनीपूर्ण वयान ! नेता कार्यकर्ता निराश

एमालेकै कार्यकर्ता भन्छन्- भरतपुरमा रेणु दाहालको सम्भावना बढ्यो

काठमाडौं । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा हिजो भएको निर्वाचनको मतपरिणाम आइसकेको छ । २ हजार ८७० मत खसेको वडा नम्बर १९ मा अध्यक्षसहित वडा पदाधिकारीमा कांग्रेसको प्यानलै विजयी भएको छ ।

मेयरमा भने कांग्रेस माओवादी गठबन्धनकी रेणु दाहालले मतान्तरण घटाएर २२१ मा झारेकी छन् । अब एमालेका देवी ज्ञवाली २२१ मतले मात्रै रेणुभन्दा अगाडि छन् ।

जबकी वैशाख ३१ गतेको निर्वाचनको परिणाममा १९ नम्बर वडामा आइपुग्दा देवी ज्ञवाली रेणु दाहालभन्दा ७८४ मतले अगाडि थिए ।

यसरी रेणु दाहालले निरन्तर मतान्तर घटाउँदै गएपछि प्रतिस्पर्धी एमालेका नेता कार्यकर्ता निराश भएका छन् । उनीहरुले अब भरतपुरमा रेणुको सम्भावना बढेको बताउन थालेका छन् ।

एमालेका एकजना कार्यकर्ता प्रकाश शाह भन्छन्– ‘फरक २२१ को मात्रै हो । अब रेणु दाहालकै सम्भावना बढी ।’

त्यस्तै, सन्तोष खड्का पनि मानसिक रुपमा रेणुको जित भइसकेको संकेत गर्छन् । भन्छन्– ‘हामीलाई जसरी पनि हराउने भयो सरकारले ।’

महेन्द्र ठकुरी अविरल भन्छन्– ‘समस्या के हो भने यदि त्यस ठाउँमा देवी ज्ञवालीले जित्यो भने अहिलेको सरकार लगायत सिंगो सर्बोच्च अदालतको बेज्जती हुने हुँदा जे गर जसो गर रेणु लाई जिताउ भन्ने उद्घोष गरिएको छ । त्यसकारण यस्तो परिणाम आएको हो । त्यसमा पनि कुटनीतिका खतरनाक खेलाडी देउवाको प्रत्यक्ष सहयोग छ । अनि कसरी देबीले जित्ने भए त ?’

गोविन्द दाहाल पनि महेन्द्र ठकुरीको कुरामा सहमति जनाउँदै जित रेणुकै हुने बताउँछन् । अनेरास्ववियुका सचिव आरसी लामिछाने चाँही मानसिक रुपले तयार हुन आह्वान गर्दछन् ।

अहिले भरतपुरमा वडा नम्बर २० को मतगणना सुरु भएको छ । यहीको भोटले रेणु वा देवीको जित हारको निर्धारण गर्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।