परदेशबाट फर्केने नेपालीहरुका लागि एअरपोर्टदेखि नै सुबिधा होस भन्नको लागि डिआईजी सर्वेन्द खनालले चाले यस्तो कदम !

काठमाण्डौ, २३ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी सर्वेन्द खनालले सार्वजनिक यातायातमा हुने ठगी र बदमासी रोक्न एयरपोर्टको ट्याक्सीबाट सुरुवात गरिएको बताएका छन् । उनले विमानस्थलमा आउने यात्रुहरुले ट्याक्सी चालक को हो भन्ने नचिन्ने र गतल मानिसले फाइदा लिने गरेकाले त्यसका लागि काम सुरु गरेको बताएका छन् ।

लाइट नेपालसंग संक्षिप्त कुरा गर्दै उनले विमान स्थलका ट्याक्सी चालकलाई युनिफर्म अनिवार्य गरीएको बताएका छन् । “हामीले अहिले सम्म पहिलो चरणमा ४० जना जतीलाई युनिफर्म वितरण गरेका छौं, खनालले भने, बांकीका लागि युनिफर्म तयार हुदैछ ।”

अहिले सम्म कति ट्याक्सी चाकल विमानस्थलमा छन् भन्ने डाटा संकलन भइरहेको समेत उनले बताए । “हामीले यति नै जना भनेर अहिले नै निक्र्यौल गरेका छैनौं, उनले भने, विस्तारै त्यसको लगत सहित सबैजनालाई युनिफर्म दिइने छ ।”

खनालले बिलिङ मिटर जडान नगर्ने ट्याक्सीलाई पनि कारवाही थालिएको जानकारी दिएका छन् । उनले सार्वजनिक सवारीका कारण सर्वसाधारण नागरीकले धेरै प्रताडना सहनुपरेकाले त्यसको ब्यवस्थापनको काम विमानस्थलका ट्याक्सी चालकवाट सुरु गरेको उनले बताए ।

अहिले एयरपोर्टको प्रि(पेड ट्याक्सीहरुले विदेशबाट फर्किएकाहरुलाई ठगी गर्ने गरेको गुनासो निकै आइरहेको छ, विभिन्न वहानामा छोटेको दूरीमा पनि मिटर बिलिगं नगरेर अत्याधिक बढी भाडा लिने गरेका छन्, त्यसलाई रोक्ने प्रयासमा आफु रहेको उनले जानकारी दिए ।

उनले उपत्याकाका विभिन्न ५२ स्थानमा ट्याक्सीका लागि पार्किङ लट तोकेको समेत बताएका छन् । “मिटरमा नचल्ने ट्याक्सीमाथि तत्काल कारवाही हुन्छ” उनले भने । काठमाण्डौमा ९ हजार ट्याक्सी चल्ने अनुमान गरीएको छ जसमध्ये ३ हजार ट्याक्सीमा अझै बिलिङ मेसिन जोएिको छैन ।

उनले केही समयपछि नै काठमाडौंको ट्राफिक ब्यवस्थामा सुधार गर्ने दावी गरेका छन् । “अहिले नै मैले यस्तो गर्छु भन्न सक्दिन उनले भने, काम गर्ने सरोकारवाला निकाय छन्, म त कामको पालना गर्ने एक सिपाही हुं, एक हप्तामा केही संकेत देखिने छ ।”

– श्रृजना आचार्य / लाईट नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।