गृह मन्त्रालयमा १५ अर्बको खेल, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ३-३ वटा हेलिकप्टर
काठमाडौं, २४ साउन । नेपाल प्रहरीका लागि भिड नियन्त्रणका अत्याबश्यक सामाग्री समेत छैनन् । त्रिपालमा बसेर जनतालाई सेवा दिइरहेका छन् । यसतर्फ गृह र अर्थ मन्त्रालयको कुनै चासो छैन ।

तर, त्यही प्रहरीको नाममा यतीबेला १५ अर्बको खेल भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ३÷३ वटा हेलिकप्टर खरिदको प्रक्रिया गृहले अघि बढाएको छ । जसका लागि करिब १५ अर्ब खर्च हुने छ । प्रहरीका अत्याबश्यक विषयमा चासो नदिएर हेलिकप्टर खरिदलाई अघि बढाउनुमा कसिमन एजेन्टहरुको भूमिका रहेको स्रोत बताउछ ।
निर्वतमान गृहमन्त्री बिमलेन्द्र निधीकै पालामा हेलिकप्टर खरिद अघि बढेको थियो । एक एजेन्टले अहिले प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डमार्फत उक्त प्रस्तावलाई अघि बढाउन प्रभावमा पारीसकेको स्रोत बताउछ । – दृष्टीन्यूजबाट


