धरान स्थित एक होटलमा युवती सहित बसेका युवकको मुत्यु
धरान, आइतबार वेलुकी ८ वजे होटलमा एक युवती सहित धरान ९ को वगैचा लाइनमा अवस्थित एक होटलमा एक जना युवा मृत अवस्थामा फेला परेका छन ।

होटल द रत्न इनमा युवती सहित होटल छिरेका इटहरी उपमहानगरपालिका ६ वस्ते ३७ वर्षीय गोविन्द प्रसाद दाहाल मृत अवस्था साढे ८ वजे फेला परेका हुन । छिरेको आधा घण्टा नवित्दै उनको मृत्यु भएको जनाइएको छ ।
प्रहरीका अनुसार धरान बस्ने एक २५ बर्षीया युवतीसंग कारमा आएका दाहाल आइतबार बेलुका करिव ८ बजे रत्न इन होटलमा प्रवेश गरेका थिए । होटल संचालक नविन के श्रेष्ठका अनुसार ‘उनीहरु बेलुका आएपछि कोठा मागे । हामीले कोठा उपलव्ध गराएपछि आधा घण्टा आराम पनि गर्न नपाई दाहाल बेहोस भएको हल्ला भयो ।
तत्कालै उपचारकालागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादा चिकित्सकहरुले हर्ट अट्याक भएको हुन सक्ने संकेत दिए ।’मृतक दाहाल विवाहित भएको र उनीसंग होटलमा छिरेकी यृुवतीको श्रीमानसंग सम्बन्ध विच्छेद भएको बताइएको छ ।
संकास्पद मृत्यु भएपनि दाहालका आफन्त परिवारले भवितव्य मृत्यु भएको निवेदन दिएका प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । उनले भने, ‘मृतकका आफन्तबाटै भवितव्य मृत्यु भएको निवदेन परेकाले दाहालसंग रहेका युवतीलाई प्रहरी हिरासतमा लिन उचित देखिएन ।’ औजार न्यूजमा खबर छ – युवतीको नाम खुलाइएको छैन ।
दाहालको शव पोष्टमार्टमकालागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको छ । इटहरीका दाहाल र धरानकी युवती वीच के उदेश्यले होटल रत्न इनमा राती बास बस्न पुगेको हो त्यसबारे मृतक दाहालका परिवार समेत मौन छन् ।


