दोलखा जिससमा एमालेको प्यानलै विजयी

दोलखा, साउन २४ । दोलखा जिल्ला समन्वय समितिको मंगलबार भएको निर्वाचनमा एमालेको प्यानल विजयी भएको छ ।

समन्वय समितिको प्रमुख पदका लागि एमालेका डबल पाण्डे १४ मत ल्याएर विजयी भएका छन् । उक्त पदमा कांग्रेसका कुमार तामाङले ४ मत ल्याए । त्यसै गरी उपप्रमुखमा एमालेकी मनमाया जिरेल १४ मतले विजयी भइन् । प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिपेन्द्र बुढाथोकीले ३ मत ल्याएका छन् । निर्वाचनमा कांग्रेस—माओवादी केन्द्रको गठबन्धन थियो ।

निर्वाचनबाट एमालेको तर्फबाट उम्मेदवारी दिएर विजयी भएका समन्यव समितिका सदस्यहरु भीमेश्वर नगरपालिका-१ का मुरारीराज शिवाकोटी, भीनपा-९ का जीतबहादुर श्रेष्ठ, मेलुङ गाउँपालिकाका विदुर शर्मा, गौरीशंकर गापाका आइती तामाङ, बैत्यश्वेर गापाका कल्पना कार्की, तामाकोसी गापाका गीता पोखरेल र शैलुङ गापाका युवराज घतानी विजयी भए ।

विजयीहरुलाई मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले शपथग्रहण गराएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।