सागर ढकालले फेरी दिए देउवा र प्रचण्डलाई कडा चेतावनी (हेर्नूहोस भिडियो सहित)

हाम्रो देश नेपाल विश्वकै अति गरिव देश हो । यहाँको मुलधारको राजनीतिमा बौद्धिक, आत्मा नबेचेका, भिख नमागी आफ्नो खुट्टामा आफै उभिने ,सज्जन, इमान्दार जस्ता नेता र कार्यकर्ता कम मात्र होइन अतिनै कम छन् । यिनीहरु मान्छे वा जनावरको (देश वा समाज) जो पाए पनि खुन (पैसा) चुस्ने किर्नाहरु हुन् । यी किर्नाहरुको गरि खान सक्ने हातमा केहि सिप छैन, देश चुस्नेसि बाहेक ।

अब मलाई भन्नुस यी किर्नाहरुलाई तपाई हाम्रो शरीर (सिक्षा, उद्योग, यातायात, कमचारीतन्त्र , न्यायलय) बाट कसरि हटाउने ? तपाइलाई लाग्छ, यी राजनीतिक पार्टीका किर्नाहरु नेपाली जनताले मसारेर, माया गरेर, बाबु यसो गर्नु हुन्न अव नगर है भनेर ! तपाइलाई लाग्छ, यी किर्नाहरु फु-फु गरेर मसरेरा मात्र हाम्रो सरिर चुस्न छोडछन् भनेर ?

मेरो विचारमा यी हाम्रो शरिर चुस्ने किर्नालाई हातैले निमोठेर बेस्सरी थिचेर वा भनौ लडेर, अपशब्द बोलेर होइन फरक तरिकाले निमोठ्नुपर्छ । थिचेर वा लडेर निमोठ्ने हो भने त हातभरी रगतको दाग लाग्छ, फोहोर लाग्छ । बरु यी किर्नालाई चाही बौद्धिक लौरोको सहायताले नराम्ररी मुटु र दिमागमामा घोचेर निकाल्नुपर्छ । यसो गरे केहि दागनै लाग्दैन र किर्नाले शरीर छोडेर जान्छ ।

मैले येही गर्ने विचारमा छु । तपाईं के भन्नुहुन्छ ? नेपाली राजनीतिका अति कम हिराजस्ता मान्छेहरु एउटा मात्र उदाहरणको लागि मैले अतिनै आत्माबाट सम्मान गर्ने, देशलाई साचई माया गर्ने, बिकसित देशका मन्त्री हुन् लायक (चिनका सम्पूर्णमन्त्रीहरु उहाँजस्तै अति विद्वान छन्), साझा पार्टीका प्रा. डा. ई. सुर्य राज आचार्य जस्तालेचाहिं मजस्ता युवाले लौरोले घोचेर किर्ना सरिरबाट निकालेपछि बल्ल फु-फु गर्ने , मुसार्ने गर्नुपर्छ , किनकी उहाँजस्तो व्यक्तित्वले मैले जस्तो लौरो लिएर घोच्न सुहाउदैन । अब तपाईं भन्नुस् न, ‘मै जस्ता युवाले लौरो लिएर यी किर्नालाई घोचेर सरिरबाट हाटाउने र प्रा. डा. ई. सुर्य जस्ता बौधिक व्यक्तित्वले सरिरका किर्नाका घाउ सुम्सुम्याउने ?’

मल्हम लगाउने र शरिरलाई फेरि तन्दुरुस्त बनाउने अभियान सुरु गर्दा कसो होला ? म के गरौँ ? लौरोले यी किर्नालाई घोचीराखौं कि नाई ? अस्ति साझा सवालमा पनि यी किर्नाहरुको हजुरबुवालाई त नराम्ररि घोचे , तर शरिरबाटैचाहिं निकाल्न सकिन । अझै रगत चुस्नै छोड्नु भएन । यी किर्नाको हजुरबुवाले के गर्नी होला यो बुढो किर्नालाई ? साउन १० गतेबाट शरिरको एउटा हात (स्वाथ्य) किर्नाहरुले चुसेर घायल हुदै छ, लौन केहि गरौ यी किर्नाहरुलाई ।

हातै चुसेर भ्याउनुभन्दा अगाडी, अव फेरि सिकिस्त हुने भयो हाम्रो यो हात ? लौन केहि गरौ अब त ! आउनुहोस् हामी युवाहरु मिलेर यी किर्नाहरुलाई सबैले लौरोले (लडेर होइन बुद्धिले) घोचेर सरिरबाट फालौं । र हाम्रो शरिरलाई (गोबिन्द केसीलाई) किर्नाले चुस्न बाट बचाउं ।आउनुहोस् देश चुस्ने किर्नालाई बौधिक रुपमा घोचेर फाल्ने अभियान चलाउं ।

यी किर्नाहरुलाई जहाँ भेटे पनि प्रस्न सोध्ने, मुटु र दिमागमा घोच्ने काम हामी सबै युवाले गरौँ । आउनुहोस यी किर्नाहरूलाई तपाई हामी सबैले घोचेको घोचेकै गरौ, एकदिन त अवस्य किर्नाहरुले शरिर छोड्नेछन् र डा. गोबिन्द केसीजस्ता महापुरुसको ज्यान जोखिममा पर्ने छैन । आउनुहोस डा. गोबिन्द केसीलाई बचाउँ ! अब त अति भयो ! किर्नाहरु देश छोड- किर्नाहरू देश छोड !



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖