परराष्ट्रमन्त्री कृष्ण बहादुर महराका कारण देशकै बेइज्जत

काठमाडौं, २७ साउन परारष्ट्र मन्त्रालयका कारण देशकै बेइज्जत भएको छ । काठमाडौंमा जारी बिमस्टेक बिदेशमन्त्रीस्तरीय बैठकका कारण देशकै बेइज्जत भएको हो । प्रधानमन्त्री शेर बहादुर देउवाले बिहिबार बैठकको उद्घाटन गरे ।

बैठकमा भारत, बंगलादेश, थाइल्याण्ड, श्रीलङका, म्यानमार र भुटानका बिदेशी मन्त्रीहरु सहभागी छन् ।

यस्तो उच्च स्तरको बैठकको उद्घाटनमा फ्लेक्स बोर्ड किला ठोकेर टाँसिएको छ । बैठकमा सहभागी बिदेशी अधिकारीहरुले त्यसप्रति आश्चर्य व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयका कमिसन मोहका कारण त्यसरी सस्तो खालको फ्लेक्स टाँसिएको हो । मन्त्रालयभित्र मन्त्री कृष्ण बहादुर महराकै नेतृत्वमा संगठित भ्रष्टाचार मौलाएको छ । त्यसैको एउटा सानो नमुना बिमस्टेक बैठकमा देखिएको एक अधिकारी बताउन् । दृष्टी न्यूजबाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।