नेपाली काङ्ग्रेसमा पहिरो, मुस्ताङ पुगेर ओलीले भित्र्याए सयौं नेता कार्यकर्ता, एमाले प्रवेश

मुस्ताङमा बिभिन्न पार्टी परित्याग गरि ने.क.पा. एमाले प्रबेश गर्नेको ओईरो लागेको छ। ।बाह्गाउँमूक्तिक्षेत्र गाउँपालिकाको छुसाङ देखि मुस्ताङको तल्लो क्षेत्रको थासाङ गाउँपालिकाका हजारौ कार्यकर्ताको ठूलो समूह एमाले प्रबेशमा गरेका छन् ।

उनीहरुलाई पूर्व प्रधानमन्त्री एवंम् नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली ,व्यवस्थापिका संसदका सभासद श्रीमाया थकाली,महेन्द्र थकाली र एमाले अध्यक्ष चन्द्रमोहन गौचनले संयूक्त रुपमा पार्टी प्रबेश गराएका थिए ।

पार्टी प्रबेश गर्ने क्रममा गत संसदिय निर्वाचनमा झिनो मतान्तरले पराजित बनेका नेपाली कांग्रेसका बिद्रोही उम्मेदवार प्रेम प्रसाद तुलाचन ,मुस्ताङ काग्रेशका संस्थापक सभापती आनन्द शेरचन,मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन ,मुस्ताङ जिप तथा बस व्यवसायी समितिका अध्यक्ष मिन प्रसाद थकाली लगायत झन्डै १३ सय कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् ।

पूर्व बाणिज्य मन्त्री एवंम् सासद रोमी गौचन थकालीको गृह गाउँपालिका थासाङ क्षेत्रबाट ठूलो संख्यामा कार्यकर्ता एमालेमा समाहित भएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी मुस्ताङले शनिवार जोमसोममा आयोजना गरेको बिशाल जनसभालाई संम्बोधन गर्दे पूर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा खनिजहरुको प्रचुर संम्भावना भएको बताए ।

उहाँले कोरलानाका,लोमान्थाङ दरबार,यूरिनियम र नुन खानी,दामोदरकुण्ड,प्रसिद्ध धार्मिक स्थल मूक्तिनाथ मन्दिर र कागबेनीधाम जस्ता धार्मिक ,सांस्कृतिक र प्राकृतिक संम्पदा भएकाले यसको प्रयोग गर्न सकिए मुस्ताङमा पर्यटक ओईरिने ओलीको भनाई थियो ।

ओलीले एमाले सरकार गए ५ वर्षभित्र मुस्ताङमा कायापलट हुँने दाबी गरे ।‘मुस्ताङमा शिक्षा स्वास्थ,कृषि लगायत थुप्रै क्षेत्रमा प्रचुर संम्भावना छ,यहाँका खनिज पदार्थ र श्रोतसाधनको उचित सदुपयोगका लागि औधोगिक बिकास आवश्यक भएको र त्यसका लागि एमाले पहल गर्नेछ ’उहाँले भन्नुभयो ‘जोमसोम कोरला शडक एमालेकै अग्रसरता भएको हो,यसलाई कथा बनाएर अरुले जस लिने प्रयास गर्नु हास्यापद हो ,जनताले सत्य कुरा बुझिसकेका छन्।’
जोमसोम कोरला शडक बिस्तार भए प्रदेश नम्बर ४ कै मुहार फेरिने उल्लेख गर्दे अध्यक्ष ओलीले हिजोको जस्तो मुस्ताङ होईन अबको मुस्ताङ समृद्धि हुनेछ ,यसका लागि एमालेलाई कसैले रोक्न नसक्ने बताउँनु भयो ।ओलीले देशमा बाढी पैरोको बिपत परेको अवस्थामा सरकार कानमा तेल हालेर बसेको बताउँदै उहाँले गोबिन्द केशीको मागमा एमाले प्रति अफवा फैलाईएको बताए ।

उहाँले गोबिन्द केशीको मागको बिषय बिधयेक एमालेले संसदमा ल्याएको बताउँदै ओलीले पछिल्लो सरकारले बिधयेक दराजमा थन्क्याएको आरोप लगाए ।उहाँले डा. गोबिन्द केशीको माग प्रति एमाले सकारात्मक भएको बताए ।उहाँले मुस्ताङको बिकासका लागि नयाँ नया प्रयोग भईरहेको बताउँदै ओलीले मुस्ताङको बिकासका लागि बजेट चाहिए आफुले उपलब्ध तयार रहेको बताए ।

सांसद श्रीमाया थकाली।महेन्द्र थकाली,अध्यक्ष चन्द्रमोहन गौचन,नवप्रबेशी प्रेम तुलाचन लगायतले बोलेको थिए ।एमाले अध्यक्ष चन्द्रमोहन गौचनको अध्यक्षतामा भएको कार्यक्रममा संञ्चालन शर्मिला गुरुङले गरेकी थिईन् । – सुन्दर कुमार थकाली / सुचनाकेन्द्र ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖