​’बाँध खोल्ने ठोस पहल नगरी ट्वीटरमा रमाउँदै मन्त्री महरा’

काठमाडौं, २९ साउन । कोशी नदीमा पानीको प्रवाह खतराको संकेतभन्दा माथि आइसकेको सन्दर्भमा नेपाली भूभागमा डुबान हुन नदिन बाँधका ढोका खोल्न र सीमा क्षेत्रमा एकतर्फी ढंगले बाँधिएका बाँधका कारण तराईका विभिन्न भूभागमा वर्षेनी हुने ठूलो क्षतिको दीर्घकालीन समाधान खोज्न कूटनीतिक पहल गर्नुपर्ने सरकारका मन्त्रीहरु सामाजिक संजालमा लेखेर आफ्नो दायित्व पूरा गरिरहेका छन् । शनिबार बिहानदेखि नै कोशी नदीमा पानीको प्रवाह खतराको संकेतभन्दा माथि आइसकेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरा भारतसँग बाँध खोल्ने बिषयमा गम्भीर हुन सकेको छैन ।

अहिलेसम्म भारतले बाँध खोलेको छैन । कूटनीतिक पहल गरेको कुरा सामाजिक संजाल फेसबुक र ट्वीटरमा लेखेर परराष्ट्र मन्त्री महरा आफ्नो ड्युटी पूरा गरिरहेका छन् । तर कोशीको बाँध खोल्नका लागि उनले ठोस पहल गर्न सकेका छैनन् । जसका कारण कोशीले नेपाली भूभागमा ठूलो धनजनको क्षति पु¥याउने अवस्था छ । सरकार र परराष्ट्रमन्त्रीले नेपाली भूभाग डुबानमा पर्नेगरी कोशीको पानीको प्रवाह बढ्दा पनि पहल नगरेकोमा चौतर्फी विरोध भइरहेको छ । पत्रकार कुुसुम भट्टराईले त कोशी बाँधको ढोका खोल्न कूटनीतिक पहल छाडेर मन्त्री ट्वीट गर्न तल्लीन रहेको आरोप लगाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖