मधेश डुब्दा कहाँ छन् मधेशी नेताहरु ? मधेशको हक अधिकारका लागि ठूलाठूला कुरा गर्ने मधेशी नेताहरु किन मौन ?

काठमाण्डौ । तराई मधेश क्षेत्रमा बाढीले वितण्डा मच्चाइरहँदा त्यस क्षेत्रको हक अधिकारका लागि ठूलाठूला कुरा गर्ने मधेशी नेताहरु मौन बसेका छन् । राजनीतिक अधिकारका नाममा स्वार्थ पूरा गर्ने अभियानमा लागेका नेता जनताले पाएको बाढी पहिरोको पिडामा बेखबर जस्तै बन्नुले उनीहरुको असली रुप छर्लङ्ग भएको छ ।

आफ्नो क्षेत्रका जनतामा रुवाबासी चलिरहँदा मधेशी नेताहरु भने राजधानीमा राजनीतिक बार्गेनिङ गर्नमा व्यस्त छन् । संविधान संशोधन गरेर आफु अनुकुलको अधिकार प्राप्तिको लडाईमा रहेका मधेशी नेताहरुप्रति बाढी पिडित तराईका जनता अहिले आक्रोषित बनेका छन् । दुःखका बेला मलम लगाउन आउलान भन्ने अपेक्षा गरेका जनताले ति नेताहरुको मुख समेत देख्न पाएका छैनन् ।

तराई मधेशीको असली दल दाबी गर्ने राष्ट्रिय जनता पार्टीले बाढी प्रभावितहरुको राहतका लागि पार्टी सांसदहरुको एक महिनाको तलब दिने निर्णय गरेको छ । जनताको नाममा सम्पत्ति कुम्ल्याउन सफल नेताहरुले एक महिनाको तलब दिने निर्णय लाज ढाक्नका लागि मात्रै गरेको स्पष्ट छ । यो बेला बाढी प्राभावित क्षेत्रमा गएर सरकारी निकायको समन्वयमा राहत र उद्धारमा लाग्नुपर्ने नेताहरु राजधानी बसेर एक महिनाको तलब दिन्छु भन्नु उदेकलाग्दो देखिएको छ ।

सोमबार बसेको राजपा अध्यक्ष मण्डल र संसदीय दलको संयुक्त बैठकले पार्टीका सांसदहरुको एक महिनाको तलब दिने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए । राजपाका २३ सांसद छन् ।

अझ अर्को लाजमर्दो कुरा के छ भने बैठकले अध्यक्ष मण्डलसहितका नेता कार्यकतालाई नगद तथा जिन्सी सहयोग गर्न आहृवान गरेको छ । साथै बाढीपीडितलाई सहयोग गर्न संघसंस्था, व्यवसायी र दातृ निकायलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

राजपाले बाढी तथा पहिरो प्रभावित क्षेत्रहरुलाई बाढीग्रस्त क्षेत्र घोषणा गरी आपतकालीन विपद व्यवस्थापन गर्न सरकारसाग माग पनि गरेको छ । जुन औपचारिकता लागि हो भन्ने कुरा प्रष्ट छ ।

जनताको सेवाका लागि राजनीति गर्छु भन्नेले दुःख पर्दा प्रभावकारी कदम चाल्नु जरुरी छ । त्यसो छ तराई मधेशको समस्या देशकै साझा समस्या हो । सरकारले आफ्नो तर्फबाट प्रभाकारी कदम चाल्नु जरुरी छ । – हाम्रो देशबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।