प्रचण्डको समर्थनमा बामदेव गौतम प्रधानमन्त्री बन्ने खनालको खुलासा, अब एमालेले यसरी सरकार परिवर्तन गर्दैछ (भिडियो सहित)

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको तर्फबाट अब बामदेव गौतम प्रधानमन्त्री बन्ने ठोकुवा / खुलासा गरेका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै नेता खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा बामदेब प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् । दशै लगत्तै सरकार परिवर्तन हुन सक्ने संकेत गर्दै नेता खनालले अबको प्रधानमन्त्री बामदेव गौतम हुने बताएका हुन् । नेता खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, नेपाल भारत सम्बन्ध लगायतका विषयमा कार्यक्रममा खुलेर कुरा गरेका छन् । कार्यक्रम आइतबार साँझ ८:५ बजे हिमालयन टिभीमा प्रशासण हुने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖