धनकुटाबाट राजधानीलाई कर्मथलो बनाउँदै आएका महिलालाई क्यान्सर रोगसम्बन्धी जनचेतनामुलक तालिम

धनकुटा खबर / काठमाडौं । धनकुटाबाट राजधानीलाई कर्मथलो बनाउँदै आएका महिलाहरुका लागि क्यान्सर रोगसम्बन्धी जनचेतनामुलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

नेपाल अर्वुद रोग निवारण संस्था र स्व. सूर्यबहादुर थापा फाउण्डेसनको संयुक्त आयोजनामा धनकुटामा जन्मिएर राजधानीमा बसोबास गर्दै आएका महिलाहरुका लागि क्यान्सर रोग जनचेनामुलक कार्यक्रम तथा निःशुल्क प्याम स्मेयर शिविर सम्पन्न भएको हो ।

एक दिने जनचेतनामुलक कार्यक्रममा धनकुटाका झण्डै दुई सय महिला सहभागी थिए । सो कार्यक्रममा पूर्वमन्त्री तथा सूर्यबहादुर थापा फाण्डेसनका अध्यक्ष सुनीलबहादुर थापाले आफ्ना पिता सूर्यबहादुर थापाले जहिले पनि जिल्लाबसीको स्वास्थ्य उपचारका लागि सधैं ख्याल गर्ने भएकाले जिल्लाबासीका लागि जनचेतनामुलक कार्यक्रम गरिएको बताए ।

उनले नेपाल अर्वुद रोग निवारण संस्थासँग मिलेर चाँडै गृहजिल्ला धनकुटाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर चलाउन लागेको बताए । धनकुटा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसदसमेत रहेका थापाले जिल्लाबासीलाई उपचारमा आफ्ना पिताले सहयोग गरेझैं आफुले पनि सहयोग गरिरहेको र गरिरहने प्रतिवद्धता जनाए ।

धनकुटा क्षेत्र नं. १ का सांसद टिकाराम चेम्जोङले यसप्रकारका जनचेतनामुलक कार्यक्रमले महिलाहरुमा चेतना बढ्ने बताए । उनले जनचेतनाका कारण कतिपय महिला पाठेघरको क्यान्सरबाट पीडित हुनुपरेको बताए ।

सो एक दिने जनचेतनामुलक कार्यक्रममा बरिष्ठ चिकित्सकहरु सृष्टि प्रजापति, उत्सवमान श्रेष्ठ र रोशनी श्रेष्ठ र नेपाल अर्बुद रोग निवारण संस्थाका काउन्सिलर सृष्टि शर्माले प्रशिक्षण दिएका थिए ।

नेपाल अर्बुद रोग निवारण संस्था, धनकुटेली महिला समाज र सूर्यबहादुर थापा फाउण्डेसनको आयोजनामा सो शिविरमा सहभागी र अन्य धनकुटेली महिलालाई भदौं २४ गते पाठेघर र स्तन क्यान्सरको निःशुल्क परिक्षण गर्न लागेको नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र श्रेष्ठ (इश्वर) ले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।