राजपा नेपालका नेताहरुलाई ‘हत्यारा’ भन्दै लाइभ मै गाली गरे अर्का मधेशी नेताले (भिडियो सहित)
नेपाली जनता दलका अध्यक्ष तथा सांसद हरिचरण साह प्रदेश नम्बर दुईको निर्बाचनमा केन्द्रित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘माउन्टेन संवाद’मा छलफलको लागी आएका थिए।छलफलमा निर्वाचन केन्द्रित कुराकानी भएको थियो। शाहले निर्बाचनलाई लिएर जनताहरु खासै उत्साहित नभएका र उनीहरु संविधान संशोधन नभएपछि निराश भएको बताए। संसदिय प्रणालीमा देश र जनताहरुलाई अन्यौलमा राख्न नहुने भनेर आफुले बारम्बार दिएको सुझाब ठुला पार्टिहरुले नसुनेको आरोप नेता साहसे बताए।कांग्रेस,एमाले र माओबादि तिनै दल मिलेर देश जनता र संसदलाई बन्धक बनाएको दाबी गरे। राजपालाई लक्षित गर्दै नेता साहले भने-नाकाबन्दी गर्ने,आन्दोलनमा मरेमा पचास लाख दिने लालच देखाएर सोझा जनताहरुलाई मार्न पठाउँने भन्दै राजपासँग आक्रोश पोखे। नेता साहले आफू मधेशको मात्र नेता नभई सिंगो नेपालको नेता भएको दाबी गरे। हेर्नुहोस् भिडियो


