‘रअ’ को तलब खाने नेता नेपालमा धेरै छन, बिदेशी शक्तिबाट तलब खाने १८ हजार नेपाली नेता र कर्मचारीले यसरी यो देश सक्दैछन् – भिडियो सहित

नेपालको राजनीतिबारे अहिलेसम्म ६८ वटा पुस्तक प्रकाशित गरिसकेका र अरु ९६ वटा पुस्तक प्रकाशनको तयारीमा रहेका अनि नेपालको राजनीतिमा भारतीय गुप्तचर संस्था ”रअ” चलखेलमा केन्द्रित रहेर मात्रै ८ वटा पुस्तक प्रकाशित गरिसकेका व्यक्तित्व हुन् डा. शास्त्रदत पन्त ।

डा. शास्त्रदत्त पन्त राम्रा लेखक हुन् । उनको पछिल्लो पुस्तक ‘नेपालमा इसाईको चलखेल’ यतिखेर निकै चर्चामा छ । पुस्तकमा नेपालमा प्रजातन्त्र आएपछि बढेको इसाईको जगजगीले कतिसम्म विकृति ल्यायो र राजनीतिक दल त्यसमा पनि तत्कालीन नेकपा माओवादी र इसाईको सााठगाँठ कस्तो छ भन्नेबारे पन्तले पुस्तकमा लेखेका छन् । उनको पुस्तक अहिले बजारमा निकै माग बढिरहेको छ । इसाईको जगजगी यतिखेर बढिरहेको छ भने एकीकृत नेकपा माओवादीले अहिलेसम्म इसाईका नाम जोडेर आएका प्रतिक्रियामा जवाफ दिन सकिरहेको छैन ।

उनै बहुआयामिक व्यक्तित्वका धनि तर चर्चाबाट धेरै पर रहेका पन्तसंग एपीवान टिभीका निरन्जन भण्डारीले गरेको महत्वपूर्ण कुराकानीको सारहरु :-

नेपालमा युरोप अमेरिकी लवी र भारतीय लवीको चलखेल तिब्र भयो, यो चलखेलको बिभिन्न चरणहरु छन् तर यो चलखेल पृथ्वीनारायण शाहले इसाई पादरीहरुलाई देश निकाल गरेको दिन देखि नै शुरु भएको छ यसलाई बुझ्नलाई बिभिन्न घटनाक्रमहरुलाई नियालेर हेर्नु पर्छ सतही विश्लेषण गरेर मात्रै बुझिदैन ।

देशको शासन ब्यबस्था भनेको शरीरमा लगाउने लुगाको जसलाई जहिले पनि फुकाल्न या लगाउन सकिन्छ तर देश भनेको शरीर हो जो कहिले फेरबदल हुनै सक्दैन , यहाँ शासन ब्यबस्थाको नाममा देशलाई नै सिध्याउने खेल हुदै छ त्यसकारण पहिले देश जोगाउने काम गरौ अनि शासन ब्यबस्थाको कुरा गरौ ।

नेपालका नेता लगायत बिभिन्न अठार हजार ब्यक्तिहरुले नेपाल सिध्याउने बैदेशिक शक्तिबाट तलब भत्ता खाने गरेको छ र त्यो कसरी खान्छन् या उनीहरु आफै नेपाल सिध्याउने शक्तिको लागि प्रयोग भैरहेको छु भन्ने पनि थाहा पाउदैन जब अन्तिम अवस्थामा सबै बिग्रिसकेको हुन्छ तब मात्रै थाहा पाउछन् जहाँबाट सपार्न उनीहरुको लागि पनि सहज हुदैन ।

नेपालको नयाँ संबिधान जारी गर्ने बेलामा नेपालमा भारतीय गुप्चर संस्था ”रअ” र पश्चिमा क्रिश्चियन शक्ति बीच ठुलो संघर्ष भयो र त्यसमा भारतीय गुप्चर संस्था ”रअ” को हार हुनु पुग्यो जसले धर्म निरिपेक्षयुक्त संबिधान जारी गरायो । – पाना खबरको सहयोगमा ।

हेर्नुस बेजोड तार्किक अन्तर्वार्ता 

https://youtu.be/TSQLw-2zqsI



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।