को हो ८८ केजी सुनको मालिक ? प्रहरी चेकिङहरु कसरी पार गरे सुन तस्करले ? (भिडियो सहित)
महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी रहेका छन् । महाशाखाले आज पत्रकारसम्मेलन गरी काठमाडौँ महानगरपालिका–१७ मा पार्किङ गरेर राखेको अवस्थामा गाडीसहित अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । पत्रकारसम्मेलनमा महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले रसुवाको केरुङ नाका हुँदै उक्त सुन काठमाडौँ भित्रिएको अनुसन्धानमा खुल्न आएको बताउनुभयो । “सुन कताबाट कता लैजान काठमाडौँ ल्याइयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ,”–प्रमुख लोहनीले भन्नुभयो । उहाँले केरुङ नाकाबाट भित्रिएको सुनमा चीनीया नागरिकको सङ्लग्नता रहेको अनुसन्धानमा खुल्न आएको बताउनुभयो ।… को हो ८८ केजी सुनको मालिक ? प्रहरी चेकिङहरु कसरी पार गरे सुन तस्करले ? – हेर्नुहोस् पावर न्यूज भिडियो


