नेकपा एमाले प्रदेश नम्बर दुर्इका ७० स्थानीय तहमा विजयी हुन्छ : योगेश भट्टराई

लहान । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ ।

एमाले प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाबाट बिहीबार लहानमा आयोजित स्थानीय तह निर्वाचन प्रचार-प्रसार भेला शुभारम्भ गर्दै उहाँले अन्य प्रदेशमा जस्तै एमाले २ नं प्रदेशको १३६ स्थानीय तहमध्ये कम्तीमा ७० स्थानीय तहमा विजयी भइ पहिलो पार्टी बन्ने बताउनुभएको हो ।

बिहानीको वातावरणले दिउँसोको संकेत गरेजस्तै एमालेलाई अन्य प्रदेशमाझै २ नं प्रदेशमा पनि त्यस्तै सफलता मिल्ने जिकिर गर्दै उहाँले यहाँ थुप्रै षडयन्त्र भए पनि एमाले अझ सशक्त हुँदै आएको उल्लेख गर्नुभयो ।

हुलाकी राजमार्गको निर्माण, पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि बजेट विनियोजन, जनता आवास, वृद्धवृद्धा भत्ता लगायतका जनप्रिय कार्य एमालेले नै गरेका कारण जनतामा जतिसुकै एमालेविरुद्ध भ्रम छरे पनि त्यो असफल हुँदै गएको टिप्पणीसमेत गर्नुभयो ।

हिजोसम्म एमालेलाई गाली गर्नेहरु आज आफैँ एमालेमा फर्किन थालेको बताउनुहुँदै आफ्नो पार्टीविरुद्ध फैलाइएको भ्रमलाई चिर्ने र पार्टीलाई २ नं प्रदेशमा बलियो बनाउने गरी आक्रमक प्रचारमा जुट्न पनि आग्रह गर्नुभयो ।

एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाको अध्यक्षतामा आयोजित भेलामा सोही दलका केन्द्रीय सदस्य लीला श्रेष्ठ, सांसद ममता गिरी, पार्टीका जिल्ला अध्यक्ष प्रमोद यादव, सोही दलका लहान नगरपालिकाका प्रमुख उम्मेदवार मुनी साह तथा उपप्रमुख सिरयार चौधरी लगायतले आ-आफ्ना धारणा व्यक्त गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।