पहिलो पटक सेक्सगर्दै हुनुहुन्छ ? यस्ता १० कुरामा ध्यान दिनुहोस्

पहिलो पटकको सेक्सको बारेमा मानिसहरुमा धेरै प्रकारको कौतुहल र जिज्ञासा उत्पन्न हुने गर्दछ । जिज्ञासासँगै मानिसहरु यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् र मानिसहरुले धेरै प्रकारको गलत जानकारी पनि दिने गर्दछन् । यस्तै कौतुहललाई समाप्त गर्नका लागि पहिलो पटकको सेक्सको बारेमा यहाँ जानकारी दिइएको छ ।

१. क्रेजी सेक्सः
यदि तपाईं आफ्नो पहिलो सेक्स धेरै राम्रो हुने सोच बनाउँदै हुनुहुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । याद राख्नुहोस् यो तपाईंको लागि नयाँ अनुभव हो र यसका लागि तपाईं धैर्यवान् हुन जरुरी छ । तपाईंको पहिलो सेक्स अनुभव राम्रो नभएपनि यसमा डराउनु र आत्तिनुपर्ने छैैन किनभने यो समयसँगै राम्रो हुँदै जान्छ ।

२. चरमोत्कर्षः
यदि पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस् ।

३. झुटो चरमोत्कर्षः
महिलाहरुले पहिलो पटक सेक्स गर्दा आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको नाटक गर्नुपर्दैन । यो तपाईंको पहिलो पटकको सेक्स भएका कारण तपाईंको पार्टरले तपाईंलाई बुझ्नुहुनेछ ।

४. फोहोरी गफः
धेरैजसो मानिसहरु पहिलो पटकको सेक्स गर्नुपूर्व फोहोरी गफ गर्नुपर्छ भन्ने सोच्छन् तर यो सत्य होइन् । पहिलो पटकको लभ मेकिङको दौरान बिस्तारामा आफ्नो पार्टनरसँग तपाईं के चाहनुहुन्छ भन्ने बारेमा कुरा गर्दा पनि हुन्छ । फोहोर कुराहरु पछि गर्न सक्नुहुनेछ ।

५. तपाईं पहल गर्नुहोस्ः
धेरैजसो महिलाहरु माया दर्साउन लजाउने गर्दछन् । तर पहिलो पटक सेक्स गर्दा तपाईं पहल गर्नुहोस र उनलाई पर्खेर नबस्नुहोस् । यदि एक अर्काको मुख ताकेर बस्नुभयो भने पुरा रात नै बित्छ ।

६. पहिलो पटकको सेक्स पीडादायक हुन्छः
पहिलो पटकको सेक्स निकै पीडादायक हुने धेरै मानिसहरुको भनाई हुन्छ तर यदि ठिक तरिकाले फोरप्ले गरियो र तपाईं यसको लागि तयार हुनुहुन्छ भने पहिलो पटकको सेक्स निकै सजिलो र कम पीडादायी हुन्छ । चाहिएको खण्डमा तपाईं लुब्रिकेन्टको प्रयोग पनि गर्नसक्नुहुनेछ ।

७. आकारको महत्वः
विश्वास गर्नुहोस् सेक्समा आकारको कुनै पनि भूमिका हुँदैन । महिलाहरुमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई गलत हो । चरमोत्कर्षमा आकारको कुनै पनि महत्व हुँदैन ।

८. पोर्न फिल्मजस्तो अनुभवः
यदि तपाईं पोर्न स्टारजस्तो सेक्स गर्ने सोच्दैहुनुहुन्छ भने यो तपाईंको सोचाई गलत साबित हुनेछ । पोर्न फिल्ममा देखाइने धेरैजसो भुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् ।

९. ब्लिडिङको धारणाः
धेरैजसो मानिसहरु पहिलो पटकको सेक्स पछि महिलाको रगत आउने धारणा छ । ब्लिडिङको धारणा कुमारित्वसँग जोडिएको हुँदैन । हाइमन टुटेमा ब्लिडिङ हुने गर्दछ । हाइमन खेल खेल्दा, साइकल चलाउँदा र अरु केहि कार्य गर्दा नै टुटिसकेको पनि हुनसक्छ ।

१०.धेरै बेरसम्म सेक्सः
पहिलो पटकको सेक्स धेरै लामोसम्म हुने कुरा गलत हो । त्यसकारण पहिलो पटकको सेक्समा कुनै उद्देश्य नराखी मात्र आनन्द लिने तरिकाले गर्नुहोला ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।