सेनाको सुचना रहेको रहस्यमय फर्जी फाईल रविको टेवलमा, दुर्घटना पछि भागेका भनिएका मन्त्री लाईभमा आएर यसो भने – आजको बिशेष ‘सिधा कुरा जनतासंग’ हेर्नुहोस
आज बिपी जयन्तिको दिन बिपीलाई सम्झने र श्रद्धा गर्नेहरुमा कांग्रेसीहरु मात्रै नभएर अरु दलका नेताहरुले पनि बिपी कोइरालालाई सम्झीए तर बिपी जस्तो निष्ठावानलाई सम्झनेहरु सबै जसो यो देश डुबाउनेहरु र राष्ट्रघात गर्नेहरु मात्रै थिए जसले गर्दा आज बिपीलाई दिएको श्रद्धान्जली र सम्मानले बिपीको आत्मा अबश्य रुएको होला भन्दै रविले भ्रष्ट र अपराधी राजनीतिज्ञहरुले बीपीलाई सम्झनु पनि पाप हो भन्ने संकेत गर्दछन ।
बिपीको अनुयायी हौ भन्दै राजनीतिलाई बद्नाम गराउने अनि राष्ट्रघात गर्नेहरुले बीपीलाई श्रद्धाञ्जली लिएर बीपीको बिराट व्यक्तित्वको अपमान गरेका छन् सक्छौ भन्ने बिपीले भनेको जस्तो गर्नु सक्दैनौ भन्ने बिपीको बेइज्जत गर्दै बिपीको आत्मालाई रुवाउने काम नगर , बिपी कस्ता थिए भन्दै बीपीको महिमा गाउन छोडेर आफु कस्ता छौ र के गर्दैछौ भनेर सोच्न बिपीप्रेमी नेताहरुमा रविले अनुरोध गरेका छन् ।
सम्मानित सेनाको नाममा कमाउने धन्दा गरिरहेकाहरुले आज सिधाकुरामा एउटा बेनामी फाइल छोडेर गएका छन। ४३लाख नगद दिने बहालवाला मेजरलाई सिधाकुरा जनता संगले प्रश्न सोध्ने कि सेनाले ? उत्तर नपाएसम्म प्रश्न सोध्ने हाम्रो काम जारी छ भन्दै रविले न्याको पक्षमा उभिने जानकारी दिए ।
जब सिधाकुरा उदायो, यो देशका अपराधीहरुलाई यसरी कुदायो । रबिको सिधाकुराले यसरी समाजको अपराधीहरुलाई नांगेझार पार्दै छ, हेर्नुस आजको दमदार एपिसोड ।
सहयोगीमनहरुको सहयोगमा बाढीपिडितहरुलाई रबि मार्फत सहयोगको आइरो अनि यो सहयोगलाई सहि सदुपयोग गरेन रविको प्रण ।
सेनाको सुचना रहेको रहस्यमय फर्जी फाईल हाम्रो टेवलमा । दुर्घटना पछि भागेका भनिएका मन्त्री लाईभ ! हेर्नुस आजको दमदार भागको भिडियो


