राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेतामा बोहरा

काठमाडौँ, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित हुनुभएको छ ।

आज यहाँ बसेको संसदीय दलको बैठकले उपनेतामा विक्रम पाण्डेलाई तोकेको छ । व्यवस्थापिका–संसद्मा यस पार्टीका १८ सांसद छन् ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सहयोग गर्ने र आसन्न तेस्रोचरणको स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा छिट्टै सहभागी हुन लागेको अध्यक्ष पशुपति शम्शेर जबराले जानकारी दिनुभएको छ ।

राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते निर्वाचन आयोगमा दल दर्ता गरेको सो पार्टीले करिब दुई साता अगाडि दल मान्यता प्राप्त गरेको हो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖