हाम्रो संविधान भारत बिरुद्दको एटम बम हैन : एमाले सचिव योगेश भट्टराई (भिडियो हेर्नुहोस्)
एमालेलाई सिद्धयाउन अन्तराष्ट्रिय चलखेल भैरहेको दाबी ।
एमालेलाई सिद्धयाउन अन्तराष्ट्रिय चलखेल : सचिव योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टीलाई सिद्धाउन अन्तराष्ट्रिय शक्तिहरुले चलखेल गरेको दाबी गरेका छन् । प्रदेश २ को स्थानीय चुनावमा एमालेबाट उम्मेदवार भएका तथा हुन चाहनेहरुलाई भारतबाट समेत एमालेबाट किन उठेको भन्दै प्रभाव पार्न खोजेको बताउँदै भट्टटराईले यसले एमालेमाथि भइरहेको षड्यन्त्रलाई प्रष्ट पारेको बताए ।
ताप्लेजुङमा आयोजित एक कार्यक्रममा एमाले सचिव भट्टराईले आफ्नो पार्टीविरुद्ध सुरुमा नेपालका शक्तिहरुमात्रै लागे पनि अहिले बाहृय शक्तिहरु पनि लागि परेको दाबी गरे ।
कांग्रेस माओवादी गठबन्धन पनि उनीहरुले चाहेर नभई बाहृय हस्तक्षेपमा बनेको उनले बताए । सचिव भट्टराईले प्रदेश २ को स्थानीय चुनावमा एमालेले १ सय ३६ मध्ये आधा भन्दा बढि स्थानीय तहमा जित्ने बताए ।
एमाले सचिव योगेश भट्टराइसँग राष्ट्रबादी संवाद,- हाम्रो संविधान भारत बिरुद्दको एटम बम हैन – भिडियो हेर्नुहोस्


