चुनावको मुखैमा २ फोरमबीच भयो पार्टी एकीकरण (विज्ञप्ति सहित)

काठमाडौं, २७ भदौ । संघीय समाजवादी फोरम नेपाल र अमर यादव नेतृत्वको मधेश तराई फोरमबीच पार्टी एकीकरण भएको छ । वर्तमान राजनीतिक अवस्था एवं स्थानीय चुनावलाई मध्यनजर गर्दै पार्टीको नीति, सिद्धान्त र एजेन्डाप्रति सहमत हुँदै फोरम नेपाल र मधेश तराई फोरमबीच औपचारिक रुपमा एकीकरण घोषणा गरिएको बताइएको छ ।

आज रौतहटमा आयोजित चुनावी सभामा अध्यक्षद्घय यादवबीच राष्ट्रिय तथा मधेशका मुद्दाहरुलाई स्थानीय चुनाव, आगामी केन्द्र र प्रदेशको चुनावमार्फत् संस्थागत गर्दै थाती रहेका जनताका सवाललाई सम्बोधन गराउन संघर्ष गर्ने सहमति भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको स्थापनाकालदेखि पहिलो र दोस्रो मधेश आन्दोलनसम्म अमर यादव फोरम नेपालमा केन्द्रीय कोषाध्यक्षमा रुपमा सक्रिय थिए । तर, ०६७ सालमा उनले फोरम नेपाल परित्याग गरी मधेश तराई फोरम गठन गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।