के तपाई विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ ? जानिराख्नुहोस,- विदेशबाट ल्याउने यी सामानमा भन्सार लाग्दैन

काठमाडौं । के तपाई विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने भन्सार छुटका विषयमा जानकारी राख्नुहोस् । अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा आयातित सामानहरुमा प्राप्त हुने भन्सार छुटका विषयमा जानकारी लिनुभयो भने यात्रा सहज हुन्छ ।

कानुनले वर्जित गरेका सामान नेपाल फर्कदा ल्याउन पाईदैन । यो सबैलाई ज्ञान भएको विषय भयो । तर शतप्रतिशत भन्सार छुट हुने वस्तुहरु र भन्सार तिर्नुपर्ने सामाग्रीहरुबारे धेरैलाई ज्ञान नहुन सक्छ ।

बैदेशिक रोजगारीबाट फर्किनेहरुले सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्राम तथा एक लाख रुपैया बराबरको जवाहरात जडित गहनाहरु साथमा ल्याउन सकिन्छ । आफुले कोठामा प्रयोग गरेका लुगाहरु लिएर आउँदा पनि भन्सार छुट छ । यस अन्तर्गत लुगाफाटा, विछ्यौनाहरु पर्दछन् ।

शारीरिक अशक्तले आफ्नो सहाराको लागि ल्याएको सामान तथा उपचार गरि फर्कदा ल्याइएका औषधीहरुमा भन्सार छुट गरिएको छ । एक थान क्यामेरा, मोबाइल, पेन ड्राइभ र घडी विना भन्सार शुःल्क ल्याउन सकिन्छ ।

भान्सामा प्रयोग गरिने खाद्य सामग्री सात किलोसम्म ल्याउनलाई भन्सार छुट छ । मदिराको हकमा भने एक लिटरसम्मलाई भन्सार छुट गरिएको छ ।

३२ इन्चसम्मको टिभिलाई भन्सार छुट गरिएको छ । एक भन्दा बढि टिभी ल्याउन अनुमति छैन । ३२ इन्च भन्दा टिभि ठुलो भए इन्च अनुसारको भन्सार महशुल तिर्नुपर्छ । ट्राइसाइकल र बच्चा राख्ने पेराम्वुलेटर एक/एक थानलाई भन्सार छुट गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।