२ नम्बर प्रदेशमा एमालेको लहर, कांग्रेस झस्कियो

काठमाडौं, २८ भदौ । दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसारले गति लिएको छ । १३६ स्थानीय तहका लागि हुन लागेको निर्वाचनलाई सबै पार्टीले प्रतिष्ठाको सवाल बनाएका छन् । एमालेदेखि कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्षनेता २ नम्बरमै केन्द्रित छन् ।

२ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनबाट पहिलो पार्टी बन्ने दाबी गर्दैआएको कांग्रेसका नेताहरु एमालेको लहर देखेर अनर्गल आरोपमा उत्रिएका छन् । मधेशमा पनि एमालेको लोकप्रियता देखेर खासगरी विमलेन्द्र निधि एमालेविरुद्ध अराजनीतिक रुपमा उत्रिएका छन् । महेन्द्र राजमार्ग वरिपरि मात्र होइन, जलेश्वर, मलंगवा, लहान जस्ता सहरमा पनि एमालेको स्थिति सुदृढ देखेपछि कांग्रेसका नेताहरु कुतर्कमा उत्रिएका छन् ।

निधिकै गृहनगरमा कांग्रेस कमजोर सावित भएपछि उनी तनावमा परेका छन् । जीवनाथ चौधरी जस्ता जनकपुरको जानकी मन्दिरका सयौं रोपनी जग्गा अतिक्रमण गरी होटल बनाउने भ्रष्टाचारीलाई बोकेका कारण पनि निधिसँग जनकपुरबासी रुष्ट भएकाले कांग्रेसको अवस्था कमजोर बन्दै गएको छ ।

यसैबीच, एमालेको चुनाव परिचालनका लागि बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव इश्वर पोखरेल प्रदेश नम्बर २ मा केन्द्रित भएका छन् । बरिष्ठ नेता नेपाल र महासचिव पोखरेल २ नम्बर प्रदेशका जिल्लामा चुनावी अभियानमा सरिक हुने भएका छन् ।

मैथिली भाषामा समेत दख्खल रहेका पूर्वप्रधानमन्त्री माधव नेपाल लामो समयदेखि २ नम्बर क्षेत्रका जिल्ला जिल्लामा चुनाव अभियानमा सम्बोधन गरिरहेका छन् । २ नम्बर नेपालको गृह प्रदेश पनि हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖