प्रहरीले शुरु गर्यो नौलो अभियान, गाडी भित्रै यस्तो हर्कत…

काठमाडौं । सार्वजनिक यातायातमा महिला माथि हुने हिंसा रोक्न प्रहरीले नौलो अभियान सुरु गरेको छ। सादा पोसाकमा प्रहरीहरु सार्वजनिक यातायातमा चढ्ने र यात्रुहरुका गतिबिधि नियाल्ने गरेका छन्। महिलालाई कसैले दुव्र्यवहार गरे तत्काल प्रहरीले नियन्त्रणमा लिने गरेका छन्।

राजधानीमा सार्वजनिक यातायातलाई महिलामैत्री बनाउने उद्धेश्यले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गत श्रावण १८ गतेबाट सुरू गरेको ‘सेफ्टी पिन अभियान’ अन्तर्गत एक महिनाको अवधिमा ७१ जना पक्राउ परेका छन्।

सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुब्र्यबहारलाई न्यूनिकरण गरी उनीहरुको लागि सुरक्षित यात्रा गर्ने वातावरण बनाउन प्रहरीले ३३ वटा टोली बनाई उपत्यकामा गुड्ने बिभिन्न सार्वजनिक सवारी साधनमा सादा पोसाकमा निरन्तर प्रहरी परिचालन गर्दै आएको छ।

उपत्यकामा चल्ने सवारी साधनमा दुब्र्यबहार गर्नेलाई नियन्त्रणमा लिनेक्रममा काठमाडौंबाट ६१ तथा ललितपुर र भक्तपुरबाट ५÷५ जना पक्राउ परेका हुन्।

सो अभियान अन्तर्गत यौनजन्य दुब्र्यबहार र अपशब्द, गालीगलौज गर्ने ४८, अश्लिल हर्कत गर्ने १० र अन्य ५ जना र पाकेट मार्ने ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

हिंसा र कसुरको गाम्भीर्यता अनुसार २४ जनालाई मुद्दा चलाइएको र ४७ जनालाई यस्तो कार्य नदोहोरिने गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यौनजन्य दुब्र्यबहार र गालीगलौज गर्ने ४८ मध्ये सबैभन्दा बढि साधारण लेखपढ जानेको ३८ जना छन् भने स्नातकोत्तर गरेका १ जना समेत रहेका छन्।

यस्तो हिंसाजन्य क्रियाकलापमा १५ देखि २५ बर्ष उमेर समुहको बाहुल्यता रहेको देखिन्छ। यो अभियान ३ महिनासम्म निरन्तर संचालन हुने र त्यसपछि आवश्यकता अनुसार संचालन हुने भएकोले निर्धक्कसँग उजुरी गरे पीडितको गोपनियतालाई कायम राख्दै तुरुन्तै कारवाही गर्ने सो कार्यालयले जनाएको छ। उजुरीका लागि प्रहरीको हटलाईन १०० वा ९८५१२८९१११ मा खबर गर्न सकिने प्रहरीले जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖