मालपोत अधिकृत माथि विप्लव पार्टी निकट ‘जनसत्ता’ले लगायो कालोमोसो, यस्ता छन् आरोप
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपरिषद् नेपालले जिल्ला मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई कालोमासो दलेको छ । भ्रष्टाचार गरेको आरोपमा उनलाई उनकै कार्याकक्षमा गएर कालोमोसो दलेको बताइएको दियो पोष्टमा खबर छ ।

सुकुम्बासी आयोगले दिएको जग्गाको कृते प्रमाण खडा गरी किर्ते श्रेष्ठता कायम गरेर सो बापतको लाखौँ रुपैयाँ ठगी गरेको, ३० लाख भन्दा बढी ठैली र अंक घटाई लाग्ने पूँजीगत लाभकर नलाग्ने बनाई सो बापतको लाखौँ रुपैयाँ रजिष्ट्रेशन फाँटबाट बेच्ने र व्यक्तीबाट रकम असुल्ने गरेको, १५ हजार घुस काण्डमा आफू प्रत्यक्ष समलग्न भएको लगायत ६ बुँधे आरोप उनीहरुले घिमिरेमाथि लगाएका छन् ।


