एमालेका शिर्ष नेताहरु तराई नझरेको गुनासो बढीरहेका बेला एकैपटक शिर्ष नेता तराईमा

काठमाडौं, एमालेका शिर्ष नेताहरु असोज २ गते हुने तेश्रो चरणको स्थानिय तह निर्वाचनको प्रचारप्रसारका लागि बारा आउने क्रम बढेको छ । अन्य दलका शिर्ष नेताहरु जिल्लाका स्थानियहरुको वडावडा पुगेर कार्यक्रम गरिरहेका बेला एमाले शिर्ष नेताहरु तराई नझरेको गुनासो बढीरहेका बेला एकैपटक शिर्ष नेता तराई झरेका छन् ।

भोली अर्थात सुक्रबार एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बारा आउने भएका छन् । उनले एमाले बाराले जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्ने र बिरगजं जाने कार्यक्रम रहेको छ । भोलीनै बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्रिहरु झलनाथ खनालले कोल्हबी नगरपालिकामा र माधब कुमार नेपालले बाराका दक्षिणी नगरपालिका तथा गांउपालिकामा आयोजीत चुनाबीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिर्ष नेताहरु सहभागी हुने कार्यक्रमहरुको सम्पूर्ण तयारी पुरा भएको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिए ।
एमालेबाराले बिहिबार परवानिपुर गाउँपालिका र निजगढ नगरपालिकामा उपाध्यक्ष बामदेब गौतमकोे बुधबार बिश्रामपुर गाउँपालिकामा महासचिब ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बिशाल चुनाबी सभा सम्पन्न गरेको छ ।

१६ वटा स्थानिय तहरहेको बारामा २ उपमहानगरपालिका,५ नगरपालिका र ९ गांउपालिका छन् । एमालेले सबै स्थानियतह जित्ने दाबि गर्दै आएको छ । यद्यपी त्यस्तो संभावना भने देखिएको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।