८ जनाको ज्यान लिने चितुवा मार्न सेना र प्रहरीको विशेष टोली परिचालन

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो तीन वर्षमा नरभक्षी चितुवाले ८ जनाको ज्यान लिएको छ। पटक पटक चितुवाको आक्रमण परेपछि यहाँका बासिन्दा अत्यन्तै त्रसित बनेका छन्। दिउँसै चितुवाले आक्रमण गर्न थालेपछि अहिले वालवालिकालाइ विद्यालय पठाउन पनि अभिभावकले छाडेका छन। स्थानीय त्रसित बनेपछि चितुवा मार्न हतियार सहति सेना र प्रहरी परिचालन गरिएको छ।

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएर चितुवा आतङ्कले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए।

चितुवावाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले विहिबारदेखि चितुवा मार्नका लागि सेना र प्रहरीको विशेष टोली परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक प्रदीप डिसीको नेतृत्वमा ३२ जनाको हतियार सहितको टोली खटाइएको छ।

गएको मंगलबार साँझ सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर का ४ वर्षिय मनिष केसीलाई चितुवाले खाएपछि जिल्ला सुरक्षा समितिको आपतकालिन सुरक्षा बैठकले चितुवा नियन्त्रणमा लिनका लागि सेना र प्रहरी परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताए।

चितुवा मार्नका लागि सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट, ढिकुरा र खाँचीकोट लगायतका क्षेत्रमा हतियारसहित सेना, प्रहरी र जिल्ला बनको टोली परिचालन गरिएको छ।

जिल्लामा गएको ३ वर्षभित्र १४ जना वालावालिकालाइ चितुवाले आक्रमण गरेको छ । जस्का कारण ८ जनाको ज्यान गयो। विद्यालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन।

चितुवा आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ३ वर्ष देखि बारम्बार जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन्। उनीहरुले नरभक्षी चितुवालाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेका छन्।

सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर चितुवाको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन्। सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनीहरुको भनाई छ।

चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएपनि चितुवा फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक कोइरालाको भनाइ छ। प्रभावित क्षेत्रका बासिन्दालाई चितुवा देखेमा प्रहरीलाइ खबर गर्न पनि उनले आग्रह गरेका छन्।
स्रोत:अन्नपूर्ण पोस्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।