मधेस घुमेपछि बाबुरामको यस्तो विश्लेषण…

काठमाडौं । चुनावी अभियानको क्रममा मधेस झरेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले मधेस र राजनीतिबारे आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

दुई नम्बर प्रदेश भ्रमण पछि आफूले पाएको अनुभव उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । असोज २ गते हुन लागेको स्थानिय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेश महत्वपूर्ण रहने समेत उनले दाबी गरे ।

‘मधेसको नयाँ युवा पुस्ता नयाँ वैकल्पिक राजनीतिको खोजीमा छ । पुराना पहाडवादी र मधेसवादी दुवै प्रवृत्तिसंग वाक्कदिक्क छ । यो नयाँ पुस्ताले ठीक मार्गनिर्देशन प्राप्त गर्न सक्यो भने मधेसी राजनीतिले नयाँ दिशा पक्रनसक्छ,’ उनले अनुभूति सामाजिक सञ्जालमा राखेका छन्,‘मधेसी आम जनमानसमा मधेस अझै ठगिएको र पुराना पार्टीहरूले धोका दिएको अनुभूति छ । यसनिम्ति संविधान संशोधन यथाशिघ्र गरिनु जरूरी छ । संशोधनको मुख्य आधार राज्य पुनर्संरचना आयोगको प्रतिवेदन (पहाडमा ८ र तराईरमधेसमा २ प्रदेश ं १ गैरभौगोलिक प्रदेशको सिफारिस) बन्न सक्छ।’

मधेसको राजनीतिमा अब पहिचान र आर्थिक समृद्धि सँगै लानु पर्ने र क्षेत्रीय सामरिक द्वन्दको असर नेपालमा समेत तथा त्यसले मधेसमा झनै खतरा बढ्न सक्ने आंकलन समेत पाएको उनको भनाई छ ।

‘मधेसी राजनीतिलाई अब पहिचान र अधिकारको मुद्दा संगसंगै आर्थिक विकास र समृद्धि तथा सुशासनको मुद्दासंग जोडेर लैजान आवश्यक छ भन्ने वोध विशेषतस् युवा पुस्तामा बढेर गएको छ।’ उनले लेखेका छन्,‘क्षेत्रीय सामरिक द्वन्दको असर नेपालमा र विशेषतस् मधेसमा बढेर जाने हो कि भन्ने चिन्ता बढ्दो छ।बाह्य शक्तिको दबाब र योजनामा बन्न लागेको काँग्रेसंमाकेंमधेसवादी गठवन्धन प्रत्युक्पादक बन्नसक्ने आंकलन गरिदैछ ।’

भट्टराईले आगामी असोज २ गतेको चुनावले राजनीतिको खेल परिवर्तन गरिदिने समेत दाबी गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖