अध्यक्ष मोहन वैद्यले भने,- प्रचण्ड बाटो बिराएका बटुवा हुन्

चितवन, २, असोज । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले प्रचण्डलाई बाटो बिराएको बटुवाको आरोप लगाएका छन् । वैद्यले बाटो विराएर जानेसँग एकताको सम्भव नरहेको पनि स्पष्ट पारे ।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै बैद्यले भने ‘प्रचण्डले नयाँ जनवादी क्रान्तिको बाटो विराए, अब जनवादी बाटो छोडेर लोकतान्त्रिक पद्धतिको नाममा दक्षिणपन्थी सुधारवादमा फसेकासँग कसरी एकता ्हुन्छ ।’

उनले १२ बुँदे सहमति, जनमुक्ति सेनाको समयोजनसम्मका घटनाक्रमलाई प्रचण्डको उल्टो भन्दै बहुलवादलाई स्वीकार गरेर जाने कम्युनिष्ट कम्युनिष्ट हुन नसक्ने बताए ।

अध्यक्ष बैदले माओवादी केन्द्रको भ्रममा रहेकाहरुले मात्र कम्युनिष्ट भनेपनि माओवादी केन्द्रले कम्युनिष्ट छाडिसकेको प्रष्ट्याए । माओवादी केन्द्र नामधारीको कम्युनिष्ट मात्रै हो बैदले भने ‘प्रचण्ड पश्चगामी दिशामा गइसके त्यसकारण उनीसँग एकता हुन सक्दैन् । उनले क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुपर्ने समय आएको समेत बताउँदै यो संविधान नमान्ने र सरकारमा नजानेहरुका बीचमा एकता हुनसक्ने संकेत देखाए ।

उनले पत्रकारले सोधेको विप्लव नेृतवको नेकपासँग एकता हुन्छ कि हुँदैन भन्ने जिज्ञासामा ध्रुविकरण हुनसक्ने बताए । अध्यक्ष वैद्यले बिप्लव र मोहनबिक्रमसँग समेत कुराकानी भइरहेको बताउँदै पोखरामा असोज २१ र २२ गते हुने राष्ट्रिय सम्मेलनले कार्यदिशा तय गर्ने बताए ।

अध्यक्ष बैद्यले वर्तमान सरकारले राष्ट्रियता, जनजीविकालगायतका समस्याको हल गर्न नसक्ने र राष्ट्रिय स्वाधीनताको पक्षमा सरकारबाट अपेक्षा गर्न समेत नसकिने बताए । – अमृत चापागाई / नवदृष्टि ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖