जापानमा सिंगो मुलुकमाथिको अपमान भएको ठहर गरी नेपाल फर्किएको हुँ : प्रदीप पौडेल (विज्ञप्ती सहित)

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जापानको अध्यागमनमा आफूमाथि भएको अपमान सिंगो मुलुकमाथिको अपमान भएको बताएका छन् । आईतबार साँझ नेपाल फर्किएका नेता पौडेलले पहिले भीसा दिएर अनेक बाहानामा अध्यागमनमा पुगेपछि आफूमाथि गरिएको अपमान आफ्नो मात्रै नभएर सिंगो देशको अपमान भएको ठहर गरी आफू नेपाल फर्किएको एक विज्ञप्ती जारी गरी स्पष्ट पारेका छन् ।

सोमबार जारी गरेको विज्ञप्तीमा नेता पौडेलले जापानको अध्यागमनबाट आफू फर्किएको विषयमा विभिन्न आमसञ्चार माध्यममा आएका समाचार आफू विरुद्धको अनर्गल प्रचार भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको पनि बताएका छन् । विज्ञप्तीमा उनले भनेका छन्, ुहरियो पासपोर्ट बोक्ने विश्वका कुनाकुनामा रहेका नेपालीहरुको साझा पीडा देखिएको छ । यसमा नेपाली जनसम्पर्क समिति र त्यसका जिम्मेवार पदाधिकारीको त कमजोरी रह्यो नै पहिले भीसा दिएर अध्यागमनमा पुगेपछि मात्रै विभिन्न बाहानामा दुख दिनु पनि दुखद् देखिन्छ ।’

नेपाली जनसम्पर्क समिति जापानका पूर्वसदस्य ऋदेन्द्र गिरिले स्पोन्सर गरेर पौडेल सहितका नेतालाई जापान बोलाएका थिए । गिरिले स्पोन्सर गरेपनि विशेष कारणले उनी शुक्रबार मात्रै नेपाल आएका थिए । शनिबार पौडेललाई जापानको अध्यागमनले केरकार गरी स्पोन्सरलाई बोलाउन आग्रह गरेका थिए । यसरी जापानी अध्यागमनले आफ्नो स्वाभिमान माथि आँच आउने काम गरेपछि आफूले नेपाल फर्किने निर्णय गरेको पौडेलले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

पौडेलद्वारा सोमबार जारी विज्ञप्ती तल प्रस्तुत गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖