यी कुराको बानी भएका महिलामा स्तन क्यान्सर को जोखिम बढी हुन्छ (भिडियो सहित)
बदलिँदो जीवन शैली, खानपान र यौनजीवनमा प्रयोग हुने अनेकौ औषधिले महिलाको सबैभन्दा आकर्षक र सुन्दर मानिने अंग स्तनलाई क्यान्सरले कुरूप बनाउन थालेको छ । यति मात्र नभई महिलाहरुको ज्यानै लिने माध्यम पनि यही बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी एक लाखमा २१ दशमलव आठ महिलामा स्तन क्यान्सर हुन्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरबाट नै हुँदै आएको छ ।


