के नेपाल आइडलले यो क्षतिपूर्ति तिर्न सक्छ ?

नेपाल आइडल आयोजकले जून लोकप्रीयता पाएको थियो फाइनलमा त्यो लोकप्रीयता गुमाएको छ । जबकी लाखौ दर्शकहरु बजार तथा चोकमा प्रोजेक्टर राखेर देखि आफ्नो टिभि सेटमा एपी1 टिभि च्यानल नआउनेहरुले अर्काको घर तथा आफन्तकोमा गएर मध्यरातसम्म कुरे । तर आएन ।

नेपाल आइडल कतारमा गर्नु हुदैन नेपालमा नै गर्नु पर्न भनेर आलोचना समेत भएको थियो । तर आयोजकले एकसाता अघि नै कतार पुगेर आफूहरुले कतारबाट नै भब्य तयारी गरेको बताउदै आएको थियो ।

दर्शकको ठूलो क्षति भएको छ । के यो क्षतिपूर्ति आयोजकले तिर्न सक्छ ? कमजोरीप्रति आममाफी माग्न सक्छ ? देश छाडेकोमा गल्ति भएको भनेर आत्आलोचना गर्छ ? यो हेर्न बाँकी रहेको छ ।

कतारका नेपालीहरु कमसेकम खुसि हुनुपर्ने हो तर त्यो पनि हुन सकेनन् । उल्टै रगत र पसिना बगाएको रकमबाट टिकट किनेकाहरु त्यहाँका प्रहरीको दूब्र्यवहारको सिकार बने । टिकट हातमा भएपनि भित्र पसेर हेर्न सकेनन् । ति टिकटको पैसा आयोजकले फिर्ता गर्न सक्छ ।

नेपाली आइडल त्यो पनि पहिलो नेपालमा हुनै पर्दथ्यो । जसरी हुन्छ त्यो प्रत्यक्ष आउन सक्नुपथ्र्यो । संगीतप्रेमीहरु माथिको यस्तो प्रकारको अन्याय हुनु हुने थिएन जून बिर्सन सक्ने खालको छैन ।

नेपाल छाडेकोमा र जस्को बढि पैसा उहि नेपाल आइडल बन्ने खालका नियमहरुको बिरोध गरेका नेपालीहरुले अहिले पाप धुरीबाट कराएको भन्दै आलोचनामात्र गरेका छैनन् एपी टिभि नै न हेर्ने भन्दै आक्रोश पोखेकाछन् ।

नेपालीहरुले करिब भोटमात्रै ५० करोडभन्दा बढिको गरेकाछन् । तर उनिहरुले प्रत्यक्षरुपमा कार्यक्रम हेर्न पाएनन् । यसको क्षतिपूर्ति तिर्न सक्छ ?

अब आयोजकले यसको गम्भिर समिक्षा गरेर नेपाली जनतासंग माफी माग्नु पर्छ । कतारमा जसले टिकट किनेर हेर्न पाएनन् उनिहरुको पैसा फिर्ता गर्नु पर्दछ । आउदा दिनहरुमा प्रतियोगिता गर्न बाहिर नजाने प्रतिबद्धता गनुपर्छ । – बिष्णुप्रसाद पोखरेल / सवाल नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।