कोमल दिदी ! इमानी एमाले बन्नुस् जनताले नेता बनाउनेछन्
कोमल वली दिदीलाई बधाई छ, अशल राजनीतिमा प्रवेश गर्नु भएकोमा, सँगै मुरीरमुरी शुभकामना छ ।

सांसद,मन्त्री होइन, एक अशल नेकपा एमालेको कार्यकर्ता हुन आउनु भएकोमा । सधै देश र जनताको पक्षमा तथा जातीय र पार्टी भन्दा माथी उठेर सकारात्मक सोच राख्दै जिन्दगीभरी नेकपा एमालेमा रहन तथा खुट्टा नडगमगाइ देश जनताको सेवा गर्न आउनु भएकोमा उतर प्रगतिको शुभकामना छ !
राजनीतिमा धेरै फेरिबदल हुन्छ । तर, राजनीतिसँगै मन नफेर्नु होला, किनकि एमाले भित्र रहेर राजनीति गर्दा पाइने मायाँ र सद्भाव पाउन अन्यत्र निकै कठिन छ । त्यसैले नेकपा एमालेले मन्त्री सांसद सके बनाउला नत्र अशल नेताको ठाउँ भने कसैले खोस्न सक्दैन । यसमा ढुक्क हुनु होला । कोमल वली अब कलाकार मात्रै होइन जनताको अशल पहरेदार पनि बन्न जरुरी छ । जहाँ राजनीतिको जग अडिएको हुन्छ ।
पहिला पहिला तपाईंले गाउने गित मायाँ प्रेम तीज चाडपर्व सँग मात्र जोडिएको हुन्थ्यो । अब तपाईंले गाउने गीत प्रत्यक्ष जनताको मनोभावनासँग जोडीएका हुनेछन् भन्ने मेरो विश्वास छ । किनभने, यस्तो गीतले नै तपाईलाई अशल नेता बनाउन भूमिका खेल्ने छ !
गीत संगीतको मान्छको मात्र नभएर पशुको जिवनमा पनि महत्वपूर्ण भूमिका हुन्छ । दूध खाँदै गरेको गाईको बाछ्छोले समेत राम्रो गीत सुन्दा आमाको दूध छोडेर गीत सुन्छ भन्छन् । त्यस्तै जनताको बारेमा अशल गीत गाउँदा तपाईलाई जनताले आफ्नो नेता बनाउन धेरै समय लगाउँदैनन् ।
अब अशली राजनीतिमा प्रवेश गर्नु भएको छ, मनलाई बलियो बनाउनु होला । किनभने जिन्दगी भन्दा राजनीति लामो छ, यसमा न थाक्न मिल्छ न त भाग्न नै मिल्छ । बरु, थोरै थाकियो भने दुई चार दिनपछि तन्दुरुस्त भएर पुन फर्कन मिल्छ । तर भाग्यो भने बिशौं वर्ष लाएर तपाईले आर्जन गरेको कोम वली भन्ने नाम समेत बाँकि नरहन सक्छ । त्यसैले राजनीतिमा थोरै थाक्न मिल्छ तर भाग्न मिल्दैन । भागमो राजनीतिक जिवन नै सकिन्छ ।

सरस्वती सुब्बा
राजनीतिक सपना देख्न निकै सजिलो छ । तर, यथार्थ र सत्यको राजनीति गर्न अति नै कठिन छ । कलाकार भएर अभिनय गर्न जस्तो राजनीति गर्न सजिलो छैन । तर सच्चा र सत्य राजनीति गरियो भने राजनीति दिगो बनाउन सकिन्छ । त्यस्तो अवस्थामा तपाईंको जरा नेताले काट्ने प्रयास गरे भने पनि जनताले खबरदारी गर्नेछन । त्यसैले ढाँटको राजनीति बिर्सिएर दिगो राजनीति गर्नु होला ।
हिजोदेखी म हरेक ब्यक्तिको फेसबुक र टुईटर वालमा शुभकामना देख्दैछु, कोमल वली अब साच्चैको राजनीतिमा प्रवेश गर्नु भयो भनेर ।
उनीहरुमा जनतादेखि नेतासम्म छन् । यो शुभकामना नतुहियोस भन्ने मेरो कामना छ । शुभकामना पाउन सजिलो छ । तर, शुभकामना दिनेको मन चुडीयो भने राजनीतिमा असहज हुन्छ र सास्ती बेहोर्नपर्ने हुनसक्छ । त्यसैले शुभकामना नतुहियोस् भन्ने जोड हो मेरो ।
अशली राजनीतिमा प्रवेश गर्नु भएकोमा हार्दिक बधाई र शुभकामना छ तपााईलाई । तर, सांसद, मन्त्रीको भाग पुगेन भने एमालेबाट नभाग्नु होला । निष्ठाको राजनीति गर्नु होला शुभकामना छ, कोमल तपाईलाई नेकपा एमालेको राजनीतिमा ।
(सुब्बा सामाजिक अभियन्ता तथा एमाले कार्यकर्ता हुन्)


