कति सहने नेपालीहरुले भारतीय ज्यादती ? यसरी हुन्छ खुलम-खुल्ला लुट ! – हेर्नुहोस भिडियो सहित

कञ्चनपुर । दशैं नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका नेपाली अहिले विभिन्न नाका भएर घर फर्किरहेका छन् । रोजगारी गर्न भारत गएका हजारौं नेपाली घर फर्कने क्रममा सीमाक्षेत्रमा भीड नै लागेको छ ।

तर वर्षभरी भारतमा काम गरी फर्कदा सिमा क्षेत्रवाट हुने लुटपाट र जेकजाँचको निहुँमा हुने सास्ती भने रोकिएको छैन । दशैं–तिहारलगायतका चाडपर्व नजिकिएसँगै विभिन्न समयमा भरतीय शहरमा रोजगारी गर्न गएका नेपालीहरु अहिले कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किरहेका छन् ।

मध्यपश्चिम र सुदूरपश्चिमका दाङ, दैलेख, रोल्पा, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, बझाङ, अछामलगायतका जिल्लाका सर्वसाधारण दशैं मान्न गौरीफन्टा र गड्डाचौकी नाकाबाट फर्किने गरेका हुन् । कतिपय व्यक्ति रुपेडियाबाटसमेत फर्कने गरेका छन् । अहिले दैनिक ३ हजारदेखि ३५ सय नेपाली दशैं मान्न विभिन्न नाकाहुँदै फर्किरहेको उद्योग वाणिज्य संघ कञ्चनपुरका सदस्य धर्मसिंह रावलले जानकारी दिए ।

उत्साहका साथ दशैं मान्न फर्किरहेकाहरुले सीमा क्षेत्रमा भने ठूलो सास्ती खेप्नु परेको छ ।

नेपालीहरुलाई सिमाक्षेत्रमा नसालु पदार्थ खुवाएर लुटपाट गर्ने, चेकजाँचको नाममा भारतीय सुरक्षाकर्मीले रकम असुल गर्ने, नदिए कुटपिट गर्ने र विनाकारण दुःख दिने गरेको गुनासो उनीहरुले गरेका छन् । सीमा क्षेत्रमा हुने गरेका ज्यादती नियन्त्रणका लागि नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरुबीच पटकपटक छलफल हुने गरेको छ ।

दुई देशका अधिकारीहरुबीच सिमा क्षेत्रमा हुने गरेका अनैतिक क्रियाकलाप नियन्त्रण गर्ने सहमति पनि पटकपटक हुने गरेको छ । तर नेपालीहरुले भोग्दै आएको सास्ती भने अझै रोकिएको छैन ।

दुवै पक्षका प्रशासनबाट अनुगमन नहुँदा सीमा क्षेत्रमा सर्वसाधारणले सास्ती खेप्नुपरेको युवा व्यवसायी तथा समाजसेवी उमेश पाण्डेय बताउँछन् । दशैं मान्न नेपाल फर्किरहेकाहरुमाथि भारतीय टाङ्गा, अटो र रिक्सा चालकले समेत बढी भाडा लिएर दुःख दिने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी भने सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताउँछन् । उनले बढी भाडा असुल गर्ने यातायात व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिए ।

नेपाल र भारतबीचको खुला सिमानाका कारण पनि धेरै नेपालीले दुःख पाउँदै आएका छन् । चाडबाड मान्न स्वदेश फर्किएकाहरुलाई सीमा क्षेत्रमै हुने गरेको ज्यादती रोक्न दुवै पक्षका सुरक्षाकर्मी र प्रशासनिक निकायले सक्रियता बढाउनु आवश्यक छ । हेर्नुहोस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖