यस्ता छन् छिनछिनमै पिसाब लाग्ने १० कारण…

धेरै जसोलाई छिटो–छिटो पिसाब लाग्ने गर्छ, जसको कारण उनिहरुलाई थाहा हुँदैन । साधारणतया बढी पानी, चिया–कफि पिउनाले धेरै पिसाब लाग्ने हुन्छ, तर केही व्यक्तिहरुमा यो एउटा गम्भिर समस्या हुनसक्छ । जान्नुहोस् के–के कारण हुन सक्छन् ?

१. सानो ब्ल्याडर – शरीरमा पिसाब जम्मा गर्ने ब्ल्याडरको आकार सानो भएमा छिटो– छिटो पिसाब आउने हुन्छ ।

२. धेरै पानी पिउनु – धेरै पानी पिउँनाले ब्ल्याडर जाँडै भरिने र चाँडो पिसाब लाग्ने हुन्छ ।

३. पत्थरिया – किड्नीमा पत्थरियाको कारण ब्ल्याडरमा दबाद पर्छ र चाँडै पिसाब गरु लाग्छ । यस्तो समस्या हुँदा केही दुखाई पनि महशुस हुन्छ ।

४. बढ्दो उमेर – उमेरको साथसाथै ब्ल्याडरको नसाहरु पनि कमजोर हुँदै जान्छ र धेरै जसो ब्ल्याडर भरिएको महशुस हुन्छ, जसका कारण पिसाब गर्न मन लाग्छ ।

५. मधुमेह – सुगरको मात्रा बढेमा शरीरले क्लूकोजलाई पिसाबको माध्यमबाट बाहिर फाल्ने प्रयास गर्छ । यसले पटक–पटक पिसाब लागिरहेने हुन्छ ।

६. औषधि – कुनै–कुनै औषधिले शरीरमा पिसाब बढी उत्पादन गर्छ । यसले गर्दा पनि छिटो – छिटो पिसाब गर्ने इच्छा लाग्छ ।

७. चिया, कफि – चिया र कफिमा पाइने कफिनले छिटो – छिटो पिसाब लाग्ने समस्या उत्पन्न गराउँछ ।

८. मद्यपान – नशालु पेय पदार्थ अथवा अल्कोहलिक पदार्थ पिउनाले पनि पटक – पटक पिसाब लाग्ने हुन्छ ।

९. युरिन ट्रेक्ट इन्फेक्सन – यो समस्याका कारण दिक्दार लाग्ने हुन्छ र बारम्बार पिसाब लागिरहने हुन्छ ।

१०. प्रोस्टेट ग्रन्थि – प्रोस्टे ग्रन्थि बढ्ने हुँदा पनि छिटो – छिटो पिसाब लाग्ने समस्या हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।