‘वाम एकताले कांग्रेसलाई कुनै हालतमा हराउन सक्दैन तर कांग्रेसलाई हराउन कांग्रेस नै माहिर छ’

प्रचण्डको सप्राईजका श्रंखला अरु बाँकी छन्, निर्वाचन पछि देखिन्छ , माओबादी सरकारबाट हट्नु पर्छ !

उही गोत्रमा उही गोत्रले बिवाह गरे वंश बिनाश हुन्छ !
देउवा सरकारले जसरी पनि निर्वाचन गराउनछ निर्वाचनबाट पछि हट्दैन !

अधिकांश नेपाली दशैंमा मस्त रहेका बेला नेपालका दुई प्रमुख बाम शक्ती प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेलगर्दै एकीकरणसम्म गर्ने सहमतिमा पुग्दै थिए । र उक्त सहमतिमा नयाँ शक्ती नेपालको पनि समर्थन थियो ।

रोचक चैं के भने, संयुक्त राष्ट्रसंघमा भाग लिएर फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवालाई विजय दशमीको दिनसम्म प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग लगन गाँठो कस्दै थियो भन्ने पत्तै थिएन ।

एकीकरण र चुनावी तालमेलका लागि गृह जिल्ला झापाको कार्यक्रम स्थगित गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोट स्थित आफ्नै निवासमा थिए । अझै १० वर्षसम्म यही गठबन्धन रहने भाषणबाजी गर्दै हिँड्ने पुष्पकमल दाहाल चुनावी तालमेल हुँदै पार्टी एकीकरणसम्म हुने हरियो संकेत पाएपछी गृह जिल्ला चितवनको बसाई छोट्याउँदै काठमाडौं फर्किएका थिए ।

हुन त तालमेल र एकीकरणको तारतम्य मिलएपछी दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई मध्य दशैंमा नभेटेका पनि हैनन् । तर तालमेलको प्रस्ताबलाई देउवाले खासै चासो नदिएपछी दाहाललाई के खोज्छस कानो आंखो भने जस्तै भयो र ओलीसँग झनै निकट हुन पुगे ।

१४ गते विहानै अर्थात विजयी दशमी टिकाको दिन दुई दलबीच सात बुँदे सहमति गरेर दाहाल २२ वर्षपछी टिका थाप्न तथा लगाउन व्यस्त भए भने प्रधानमन्त्री देउवाले त्यस दिन राती मात्रै नयां गठबन्धनबारे सुईंको पाए । सहमति यति गोप्य थियो की, दुबै पक्षका केही सीमित नेताहरुलाई मात्र थाहा थियो ।

दलहरुका गठबन्धन किन बन्छन् ? कसरी बन्छन् ? र किन एकाएक तुहिन्छ ? सत्ताका लागि मात्र हो वा अरु केहि ? बाम गठबन्धनको घोषणा हुनासाथ नेपाली कांग्रेसलाई किन लोकतान्त्रिक मोर्चा बनाउनुप¥यो ? नेपाली कांग्रेस के चाहन्छ ?
काँग्रेसको यो सरकार तोकिएको समयमै चुनाव सम्पन्न गराउन कति गंभिर छ ? लगायतका प्रश्नको जवाफ खोज्न आज मेरो अतिथि हुनुहुन्छ, नेपाली कांग्रेसका युवा नेता गगन थापा ।

थापासँग वर्तमान गठबन्धन तोडिन प्रधानमन्त्री र नेपाली कांग्रेस कति जिम्मेवार छ ? के सांच्चै यो कम्युनिष्ट गठबन्धन निर्माणसँगै कांग्रेसको सत्तायात्रामा तत्कालका लागि पूर्णविराम लागेको हो ? वा कांग्रेसले आरोप लगाए जस्तो साम्यवादको पुर्वअभ्यास हो ?
आसन्न निर्वाचनका लागि कांग्रेसले उम्मेद्वार चयन गर्दा युवा तथा महिलालाई कति महत्व दिन्छ, लगायतका प्रश्नको जवाफ दिदै गगन थापा आजको टफटकमा ।

हेर्नुस गगन थापासंगको बेजोड तार्किक राजनैतिक अन्तर्वार्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।