‘नेपालमा धार्मिक युद्ध गराउन खोज्नेहरुले गुम्बाहरुमाथि नियोजित रुपमा धावा बोल्दैछन’ (भिडियो सहित)

तमसोमा ज्योतिर्गमयमा केहि हप्ता अघि पुर्वमहान्यायाधिवक्ता डाक्टर युवराज संगौलासंग टिकाराम यात्रीले गरेको समसामयिक वार्तामा बौद्ध गुम्बाहरु भित्र हतियार रहेको भन्ने सनसनीखेज खुलासाले बौद्ध समुदायलाई आक्रोशित बनायो र उक्त कार्यक्रमका प्रस्तोता टिकाराम यात्री र डा. युवराज संगौलाको बिरुद्ध मुद्दा समेत दर्ता भयो तर पछि तमसोमा ज्योतिर्गमयको उद्देस्य धार्मिक आस्थामा चोट लगाउने नभएको भन्दै फिर्ता पनि लिईयो ।

के बौद्ध गुम्बा भित्र हातहतियार छ ? किन बौद्ध गुम्बाको बिरुद्ध अर्नगल प्रसार हुदैछ यसको भित्रि कारण के हो ? को को यस्तो कार्यमा संग्लन छ अनि किन ? आदि प्रश्नहरुको उतर खोज्न तमसोमा ज्योतिर्गमयमा टीकाराम यात्रीले बौद्ध धर्मका प्रकाण्ड विद्वान आचार्य नुर्वु शेर्पालाई बोलाएर एक महत्वपूर्ण अन्तर्वार्ता सबैको सामुने राखेका छन् , जसमा आचार्य नोर्बुले राखेका धारणा निम्नानुसार छ :-

नेपालको बौद्ध धर्ममाथि बिभिन्न कोणबाट प्रहार हुने क्रम बढ्दो छ यसैको नतिजा स्वरूप बिभिन्न ब्यक्तिले अर्नगल प्रचारप्रसार गर्दै गुम्बा बिरोधि अभिव्यक्ति दिने गरेका छन । देशको कमजोर राजनैतिक धरातलमा नेपालीहरुलाई लडाउने या धार्मिक युद्ध गराउन खोज्ने शक्तिहरुले गुम्बामा हातहतियार छ भन्ने भावना बिकाश गएका हुन् तर नेपालको गुम्बाहरुमा कुनै पनि किसिमको हातहतियार नरहेको कुरा भिम रावल रक्षामन्त्रि हुदा गठित आयोगले छानबिन गरिसकको हो ।

बौद्ध गुम्बाहरु बिदेशीहरुले गर्ने ठुलो सहयोग कुनै स्वार्थले गरेका होइनन , यहाँको गुम्बाहरुमा बिदेशीहरुले आएर अध्ययन गरेर गए पछि खुशी भएर सहयोग गरेका हुन् , यसकारण बिदेशीको सहयोगले मात्रै कुनै एकल गुम्बा आजसम्म निर्माण भएको छैन ।
कुनै विदेशीले सबै सहयोग गरेको भए गुम्बा चाडै निर्माण हुन् थियो तर एउटा गुम्बा निर्माण हुन् १० बर्षसम्म लाग्ने गरेको छ । गुम्वाहरुमा हतिहार छ भन्नु अफवाह ।

भगवान बुद्धको जन्मभूमि लुम्बिनीमा नेपालीले गुम्बा बनाउन पाउदैन विदेशीले मात्रै पाउछ ।

‘‘२०५८ सालको जनगणना अनुसार नेपाल भरि ११ % बौद्ध धर्म समुदाय रहेकोमा १० बर्ष पछिको जनगणनामा त्यो संख्या २ % ले घटेको देखाउछ , यसको अर्थ लगभग जम्मा जनसंख्याको ६ लाख मानिसहरुले बौद्ध धर्म छोडेको देखाउछ । त्यही अवधिमा हिन्दु धर्मालम्बीहरुको संख्या थोरै प्रतिशत बढेर ८१ % भन्दा अलिक बढी छ तर त्यही अवधिमा क्रिश्चियन धर्मालम्बीहरुको संख्या ०.५ या ०.६ प्रतिशतबाट हवातै बढेर १.७ % बढेको”

जनगणना गर्दा खेरि कुन देउवा पुजगरिस भन्दै तेसैको आधारमा धर्म उलेख गरेको हुदा बौद्ध धर्मालम्बीको प्रतिशत घटेको हो , नेपालमा सहि जनगणना नभएको मात्रै हो , बौद्ध धर्मालम्बीहरु क्रिश्चियन भएका छैनन । कोहि केहि लोभ लालचले क्रिश्चियन भए पनि आफ्नु लोभ लालच पुरा भए पछि आफ्नै धर्ममा फर्किन्छन् ।

आचार्य नोर्बुसंगको तार्किक र शालीन सम्बाद हेर्न यो लिंकमा क्लिक गर्नुस 

– पाना खबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।