पहिलो चरणमा निर्वाचन भएका ३७ क्षेत्रमध्ये ३४ स्थानमा बाम गठबन्धन र १ क्षेत्रमा कांग्रेस अगाडि

काठमाडौं | पहिलो चरणमा निर्वाचन भएका ३७ प्रतिनिधि सभासदस्यमध्ये ३४ स्थानमा बाम गठबन्धन, एकमा नयाँ शक्ति र एकमा राप्रपा प्रजातान्त्रिकले अग्रता लिएका छन् ।

कांग्रेसले रसुवा जिल्लामा अग्रता लिइरहेको छ । यो जिल्लामा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेससका मोहन आचार्य वाम गठबन्धनका उम्मेदवारभन्दा १४५१ मतले अगाडि छन् ।

उनलाई वाम गठबन्धन एमाले उम्मेदवारले जनार्दन ढकाल ३३२१ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै प्रदेशतर्फ क मा लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार प्रभात लामा ४१६५ तथा वाम गठबन्धनकका एमाले उम्मेदवार कर्णेल लामा ३४५७ मतान्तरमा छन् । त्यस्तै सिन्धुपाल्चोकमा पशुपति समशेर राणा र गोरखामा डा बाबुराम भटराई अघि छन् । राणा र भट्टराई दुवैलाई कांग्रेसको समर्थन छ ।

पछिल्लो परिणामअनुसार मनाङ, मुस्ताङ र पूर्वी रुकुममा वाम गठबन्धनका ५ उम्मेदवार विजयी भएका छन् । मनाङ, मुस्ताङमा एमाले उम्मेदवार विजयी भएका छन् भने पूर्वी रुकुममा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖