फोटो ग्यालेरी

जनजाति दिवस

विश्व आदिवासी जनजाति दिवसका अवसरमा बुधबार तनहुँको दमौलीमा आयोजित र्यालीमा सहभागीहरु । जिल्लाका दश वटै स्थानीय तहमा बुधबार जनजाति दिवस मनाइँदैछ । तस्बिरः कृष्ण न्यौपाने/रासस

पिप्ले गाउँ

पिप्ले गाउँ सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट देखिएको खाँदबारी नगरपालिका–८ स्थित मनोरम पिप्ले गाउँ । तस्बिर : भविन कार्की/रासस

कुँडुले फेँदी

बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदी । बागलुङको अन्न भण्डारका रुपमा परिचित यो ठाउँ अहिले खेतीयोग्य जमिन मासेर धमाधम बस्ती विस्तार भइरहेको छ । तस्बिर ः डम्मर बुढामगर/रासस

चराको कला…

दङिशरण गाउँपालिका–४ वैवाङस्थित स्थानीयको घरनजिक खजुरको बोटमा तोप चराले बनाएको गुँड । तोप चराको भालेले गुँड बनाउछ भने, गुँड मन परेन भने पोथी गुँडभित्र पस्दैन । तस्बिरः कुलदीप न्यौपाने/रासस

उर्लिएको कालिगण्डकी र खनियाघाट गाउँ

केही दिनदेखि परेको अविरल वर्षाका कारण उर्लिएको कालिगण्डकी नदी र किनारमा रहेको खनियाघाट गाउँ । कालिगण्डकी नदीले बागलुङ र पर्वत दुई जिल्लासमेत छुट्याएको छ । तस्बिर ः डम्मर बुढामगर/रासस

भोजपुरमा बाँसको तामाको अचार बनाउँदै एक स्थानीय महिला

भोजपुरमा बाँसको तामाको अचार बनाउँदै एक स्थानीय महिला । यो समयमा बाँसको तामा धेरै पाइने भएकोले अचारको बनाएर राखि हिउँदको समयमा खाने चलन छ । तस्बिर ः युवराज विष्ट/रासस

भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्र घोडेटार, जोर आहाल संखाम, दिमालुङ पदमार्ग

भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्र घोडेटार, जोर आहाल संखाम, दिमालुङ पदमार्ग । गाउँपालिकाले गौरवको योजनाको रुपमा राख्दै पर्यटकलाई लक्षित गरेर यहाँ करिव ६ किलोमिटर पदमार्ग निर्माण गरेको छ । तस्बिर

लोप हुँदै परम्परागत छाने घर

घोराही उपमहानगरपालिका–१९ कोइलाखानी स्थित स्थानीयवासीको परम्परागत छाने घर । पछिल्लो समय सिमेन्टको आधुनिक घर बनाउने सोख बढेसँगै यस्ता परम्परागत खरले छाएका घरहरू लोप हुँदै छन् । तस्बिर ः कुलदीप न्यौपाने/रासस

उदाउँदो सूर्य र पृष्ठभूमिमा पूर्व वडाध्यक्ष जयबहादुर तामाङले लगाएको ड्रागन खेतीे

मोरङको पथरी शनिश्चरे नगरपालिका–६ बाट देखिएको उदाउँदो सूर्य र पृष्ठभूमिमा पूर्व वडाध्यक्ष जयबहादुर तामाङले लगाएको ड्रागन खेतीे । तस्बिर ः गोपाल काफ्ले/रासस

व्यावसायिक किबी खेती

व्यावसायिक किबी खेती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका कृषकले व्यावसायिक खेतीका लागि पाखो जग्गामा लगाएका किबीका बिरुवा । आम्दानीको स्रोत नभएका खार्मीका कृषकले पछिल्लो समयमा विभिन्न फलफुल खेती गरी कृषिलाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।