पहिराले सडक अवरुद्ध भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको घुर्बिसेमा पहिरो खसेपछि अवरुद्ध भएको सडक । पहिरोले सडक अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा सकस भएको छ । तस्बिर ः युवराज विष्ट/रासस
पर्यटकीय क्षेत्र पाँचधारे डाँडा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ रहेको पर्यटकीय स्थल पाँचधारे डाँडा । तस्बिर ः युवराज विष्ट/रासस
इन्द्रेणीका सात रङ्ग शुक्लाफाँटा नगरपालिका– २ मा पानी परेपछि देखिएको इन्द्रेणी । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस
लामपोखरी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेनस्थित लामपोखरी । लाम पोखरीसहित यो क्षेत्रमा दर्जनौ आकर्षक पोखरीहरु रहेका छन् । तस्बिर ः सन्तोष पुर्कुटी/रासस
केन्जो (पदमचाल) फूल ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेन खर्क क्षेत्रमा फुलेको केन्जो अर्थात पदमचाल फूल। विशेषगरी केन्जो ४ हजार मीटर माथिको उचाइमा पाइन्छ । तस्बिर ः सन्तोष पुर्कुटी/रासस
कटहर खरिद गर्दै सर्वसाधारण काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार कटहर खरिद गर्दै सर्वसाधारण । यहाँ कटहर प्रती केजि पचास रुपैयामा बिक्री हुने गरेको छ । तस्बिर : हरिराम
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा रहेको गोठबाट चरन क्षेत्र तिर जाँदै गरेका याकहरु । विशेष गरि घ्यु, छुर्पीका लागि किसानले याक पालन गर्ने गर्दछन् । तस्बिर : दिलकुमार लिम्बू/रासस
समुद्र सतह्देखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी । चीनदेखि आएको एक जना लामाले यस पोखोरीमा सुनको हाँस रहेको देखेपछि हाँस निकाल्न पोखरीमा
याकको दूध दुहुदै ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा याकको दूध दुहुदै महिला । याक गोठहरु अहिले गर्मी छल्न उच्च हिमाली क्षेत्रमा पुगेका छन् । तस्बिरः दिलकुमार लिम्बू/रासस
किरातेश्वर ढुङ्गे बगैँचा भोजपुरको पर्यटकीय स्थल टेम्केमैयुङ –९ पाँचधारेमा रहेको किरातेश्वर ढुङ्गे बगैँचा । तस्बिर ः युवराज विष्ट, भोजपुर/ रासस ।