सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको पानी घट्ट । गाउँमा बिजुली पुगेपनि मकै, कोदो पिस्न अझै परम्परागत प्रविधिको पानीघट्टको प्रयोग हटेको छैन । तस्बिर: सुजन बज्राचार्य/रासस
पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा रहेको खगेन्द्रप्रसाद लिम्बुले मेद्यावी कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल । ड्रागनले वैशाखदेखि असोजसम्म फल दिने लिम्बु बताउनुहुन्छ । तस्बिरः गोपाल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य हो । तस्विर ः सन्तोष गौतम/रासस
गण्डकी गाउँपालिकाले दलित तथा सीमान्तकृत समुदायको आर्थिक आयआर्जन वृद्धि र क्षमता विकासमा सहयोग पु¥याउन बाख्रा वितरण गरेपछि खुसी हुँदै कृषक । पालिकाले १ र २ वडामा दलित तथा चेपाङ समुदायको
बागलुङ बजारको चिप्लेटी बसपार्कदेखि बागलुङ नगरपालिका–३ फड्केडाँडा जोड्ने झोलुङ्गेपुलमा रमाउँदै आन्तरिक पर्यटक । गर्मी सुरु भएसँगै साँझा पख उक्त पुलमा भीड लाग्ने गर्छन् । तस्बिर ः खेमराज गौतम/रासस
सुर्खेत वीरेन्द्रनगर–१० स्थित रहरपुरमा ४० वर्षदेखि कृषि पेसा गर्दै आएका बलिराज शर्माले लगाएको खेतबारीमा एउटै बोटमा ६ घोगा मकै देखाउँदै । तस्बिरः सुरेश आचार्य/रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरनामा पुगेका आन्तरिक पर्यटक । पहाडभित्रबाट निस्कने यो झरना पर्यटकहरुका लागि आकर्षण बनेको छ । तस्बिरः
तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित नालाको ढलमा सुन खोज्दै महिला । तस्बिरः मिला दरै/रासस
इलाममा बनाइएको ठेकी मोरङको बेलबारीमा बेच्दै एक महिला । ५०० मूल्यदेखि आठ हजारसम्मका ठेकी बिक्री हुनेगरेको छ । तस्बिर ः विवेक मिश्र/रासस
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ हर्कटे क्षेत्रमा फुलेको सेता प्रजातिका गुराँस । गुराँस चैत र वैशाख महिनामा फुल्न पर्नेमा जलवायु परिवर्तनका कारणले जेठमा महिनामा फुल्न थालेको छ । तस्बिर ः दिलकुमार लिम्बू/रासस