आफूसँगै काम गर्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

इलाम, ४ फागुन । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका र बाँझो गाविसबाट आज दिउँसो दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा विराटनगर उपमहानगरपालिका–२२ का ४३ वर्षीय अक्तर हुुसेन र इलाम बाँझो–२ का भुुपालसिंह राई रहेका छन् । उनीहरूलाई पीडितले दिएको उजुुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक महेन्द्रकुुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अत्तरले सदरमुकामकै एउटा काम गर्ने ठाउँमा आफूसँगै काम गर्ने महिलालाई बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ । ती महिलालाई अन्य साथी खाजा खान गएका बेला बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी राईले अर्की स्थानीय एक महिलालाई घरमा कोही नभएको मौका छोपेर जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि अनुसन्धान सुरू गरेको प्रहरीले बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।