नेपालमा यौनकर्मीबारे ‘भयावह’ तथ्य सार्वजनिक

काठमाडौं, फागुन ५ । नेपालमा पछिल्ला ६ वर्षमा यौनकर्मी महिलाको संख्या झन्डै दोब्बरले वृद्धि भएको दाबी गरिएको छ ।

सन् २०१० मा नेपालमा करिब २८ हजार यौनकर्मी महिला रहेकोमा अहिले त्यो संख्या बढेर ५४ हजारको हाराहारीमा पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययन प्रतिवेदनमा दाबी गरिएको छ ।

विहीबार राजधानीमा प्रतिवेदन सार्वजनिक गर्दै महिला यौनकर्मी, तेस्रोलिंगी, पुरुष यौनकर्मी र समलिंगीहरुको संख्या बढेको दाबी गरियो ।

यस्तै, सुइबाट लागुपदार्थ लिने व्यक्तिहरुको संख्या पनि ३४ हजारको हाराहारीमा रहेको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ ।

देशका विभिन्न ४४ जिल्लामा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले यी सबै समूहका महिला, पुरुष तथा तेस्रो लिंगीहरु एचआइभी संक्रमणको उच्च जोखिममा रहेको बताए ।

अध्ययन प्रतिवेदनमा सबैभन्दा बढी यौनकर्मी महिला, पुरुष, तेस्रोलिंगी, सुइद्वारा लागुऔषध लिने व्यक्तिलगायतको समूह काठमाडौंमा रहेको देखाइएको छ ।

काठमाडौंपछि भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, बाँकेलगायतका जिल्लाहरुमा उनीहरुको संख्या बढी रहेको उल्लेख छ ।

राजनीतिक अस्थितारका कारण उब्जिएको बेरोजगारी समस्या, खुला सीमालगायतका कारणले यौनकर्मी महिला पुरुषको संख्या वृद्धि भएको निष्कर्ष अध्ययनको छ ।

कार्यक्रममा यस क्षेत्रसँग सम्बन्धित विज्ञहरुले यौनजन्य रोग सर्नेक्रमभन्दा यसबाट मृत्यु हुनेको संख्या दोब्बर रहेकोतर्फ सबैको ध्यानाकर्षण गराएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖