पानी ल्याउने विषयमा स्थानीयवासीको विरोध

भोजपुर, ६ फागुन । सिलिचुङ खानेपानी मूल उपभोक्ता समिति भोजपुरले भैँसीपङ्खा गाविसबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् ।

भोजपुर सदरमुकाममा पानी वितरणको नाममा आफूहरुलाई मार परेकाले आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका अध्यक्ष देउप्रकाश राईले जानकारी दिनुभयो ।

सोही पानी भोजपुर ल्याउनका लागि विभिन्न चलखेल भइरहेको र स्थानीयवासीको हितविपरीत समितिले प्रक्रिया अगाडि बढाएको उनीहरुको आरोप छ । आन्दोलनअन्तर्गत बिहीबार सदरमुकाममा विरोध जुुलुस र आज सम्बन्धित निकायमा धर्ना कार्यक्रम रहेको जनाएको छ ।

सिलिचुङ खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष नवीन प्रधानले व्यक्तिको जग्गामा रहेको मुहान किन्नका लागि प्रक्रिया अगाडि बढाउँदा स्थानीयवासीमा भ्रम परेको बताउनुभयो ।

आफूहरु स्थानीयवासीको विरुद्धमा नरहेको समेत स्पष्ट पार्नुभयो । भोजपुर सदरमुकाममा खानेपानीको दीर्घकालीन आपूर्तिका लागि समितिले पछिल्लो समयमा पानीको स्रोत र स्थान पहिचानसमेत गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।