तेह्रथुमको छथर फाक्चामारामा आगालागी, ३ घर ३ गोठ जल्दा लाखौको क्षती
धनकुटा खबर । तेह्रथुम, ६ फागुन । तेह्रथुम जिल्लाको छथर फाक्चामारामा आज दिउँसो आगालागी हुँदा ३ घर ३ गोठ जले नष्ट हुँदा लाखौ बराबरको क्षती भएको छ ।
आगालागीका कारण फाक्चामारा ५ का दुधुराम लिम्बु राम कुमार लिम्बु र लक्ष्मण लिम्बुको घर जलेर नष्ट भएको शुक्रबारे प्रहरीचौकीले जनाएको छ ।
आगालागीको थप बिबरण आउन बाँकी रहेको अगालागी कारण घरमा रहेको अन्नपात लत्ताकपडा समेत जलेर नष्ट भएको छ ।


