६६ केभी प्रसारणलाइनको ६ नम्बर खम्बा ढल्यो

काठमाडौं, फागुन ७ । सुनकोसीबाट भक्तपुर आउने ६६ केभी प्रसारणलाइनको खाडीचौर–अँधेरीखन्डमा पर्ने ६ नम्बर खम्बा शनिबार बिहान ढलेको छ ।

यसबाट सुनकोसी जलविद्युत्गृहको करिब पाँच मेगावाट विद्युत् काठमाडौं आउनसक्ने छैन ।

सो टावर जोखिमयुक्त अवस्थामा भएकाले यसको सुरक्षासम्बन्धी कार्य जालीमा ढुंगा कसेर भइरहेको थियो ।

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली उक्त स्थानतर्फ प्रस्थान गरिसकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

सुनकोसीको विद्युत् ११ केभी फिडरबाट बाह्रबिसे, चौतारामा स्थानीयरुपमा केही खपत् हुनेछ भने लामोसाँघु–भक्तपुर १३२ केभी लाइनबाट काठमाडौंमा खिम्ती विद्युत्गृह र ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट आउने विद्युत् आइ नै रहने छ ।

काठमाडौंको विद्युत् आपूर्ति नियमिततालाई निरन्तरता दिन काठमाडौं छिर्ने अन्य प्रसारणलाइनमध्येबाट हुनेगरी नोक्सान भए बराबरको विद्युत् परिमाण बढाइ काठमाडौंवासीलाई यसको असर पर्न नदिन भारप्रेषण केन्द्रले आवश्यक गृहकार्यसहित व्यवस्था मिलाउने जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।