नेपाल पत्रकार महासंघ ताप्लेजुङको अधिवेशन विवादमा

ताप्लेजुङ, ८ फाल्गुन । नेपाल पत्रकार महासंघ ताप्लेजुङको छैटौँ अधिवेसन विवादमा परेको छ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको आचारसंहिता निस्पक्ष नभएको भन्दै प्रेश युनियन र क्रान्तिकारी पत्रकार संगठन नेपालले निर्वाचन बहिस्कार गरेका छन् भने प्रेश चौतारी र प्रेश सेन्टर विचको गठवन्धनले एकलौटी ढंगले कार्यसमिति घोषणा गरेका छन् ।

प्रेश चौतारी र प्रेश सेन्टरको गठवन्धनले आफुले मतदान गरेको मतपत्रको मोबाईलमा अनिवार्य फोटो खिचेर ल्याउन दवाव दिएको भन्दै प्रेश युनियन र क्रान्तिकारी पत्रकार संगठनले निर्वाचनको आचारसंहिता कार्यन्वयन गर्न माग गरेको थियो । मतदाताले गोप्य रुपमा मतदान गर्न पाउने अधिकार कुण्ठित भएको भन्दै निर्वाचन मण्डललाई पटक पटक कार्यन्वय गर्न माग गर्दा कुनै वास्ता नगरि मतदान सुरु गर्ने भने पछि आफुहरुले निर्वाचन बहिस्कारको घोषणा गरि बाहिरिएको प्रेश युनियन ताप्लेजुङका अध्यक्ष धर्म पौडेलले बताए ।

निर्वाचन बहिस्कार गरि बाहिरिएका यि दुई संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि लक्की चौधरी र निर्वाचन मण्डलका संयोजक किशोर कुमार राई, सदस्य अधिवत्ता बलराम भटराई र सदस्य मोहनचन्द्र दहाल समेतले निर्वाचन आचारसंहिता विपरितको गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाएका छन् । विज्ञप्तीमा मतदातालाई आर्थिक प्रलोभनमा पार्ने, आफुले निर्देशन गरे बमोजिम मतदान गरेको प्रमाण उपलब्ध नगराए कार्यरत सञ्चार गृहबाटै कारबाही गर्ने जस्तो त्रास सृजना गरेको भन्दै यस्तो कार्य शैलि प्रति घोर भत्र्सना गरिएको छ ।

यता आज विहानै पत्रकार महासंघ ताप्लेजुङ शाखा कार्यालयमा तालबन्दि समेत गरिएको छ । निर्वाचनको आचारसंहितालाई मिचेर महासंघलाई एकलौटी बनाउन खोजिएको भन्दै आफुहरुले महासंघ ताप्लेजुङ शाखाको कार्यालयमा तालबन्दि गर्न बाध्य भएको विज्ञप्तीमा जनाईएको छ ।

महासंघको विधान विपरित निर्वाचन परिणाम घोषणा गरि वैधता दिने दुश्साहस गरिए समानन्तर समिति गठन गरि पत्रकार महासंघ शाखा अघि बढ्ने विज्ञप्तीमा जनाईएको छ । यता गए रातीनै प्रेश चौतारी र प्रेश सेन्टर विचको गठवन्धनले नयाँ कार्यसमितिको घोषणा गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।