नेपाल पत्रकार महासंघ धनकुटाको १० औ जिल्ला अधिवेशन सम्पन्न
धनकुटा खबर, फागुन ८ । राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै नेपाल पत्रकार महासंघ धनकुटाको १० औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
आज धनकुटामा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा नगेन्द्र राई, महिला उपाध्यक्षमा सुख कला राई,सचिवमा विदुर खवास, सहसचिवमा वलाराम दाहाल,समावेशी सहसचिवमा हरि वहादुर लम्जेल र कोषाध्यक्षमा नारायण कुमार राई लाई सर्वसम्मत चयन गरेको हो ।

(पत्रकार महासंघ धनकुटाका नव निर्बाचित कार्य समिति)
त्यस्तै केन्द्रिय सभाषदमा १४ जना को नाम चयन गरिएको छ भने १९ जना प्रादेशिक सभाषद चयन गरिएको छ ।


