मोटरसाइकल बम आक्रमणमा तीनको मृत्यु, २२ घाइते

सारन (अफगानिस्तान), ११ फागुन । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा भएको एक बम विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ ।

पाक्टिका प्रान्तको बजार इलाकामा भएको यस मोटरसाइकल बम विस्फोटमा परी कम्ती तीन व्यक्तिको मृत्यु हुनुका साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएको छ ।

पाक्टिका प्रान्तको जानी खिल जिल्लामा सो विस्फोटन भएको प्रवक्ता मोहमद रहमान आयाजले बताएका छन् । स्थानीय समयाअनुसार मध्याह्न १ बजे सो बम आक्रमण भएको जनाइएको छ ।

यस आक्रमणमा मारिएका र घाइते भएका सबै व्यक्ति सर्वसाधारण रहेका बताइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।