मुढेवास गाविसमा पशु सेवा केन्द्र स्तरिय एक दिने तालिम सम्पन्न

धनकुटा खबर, फागुन १२ । धनकुटा जिल्लाको मुढेवास गाविसमा आज पशु सेवा केन्द्र स्तरिय एक दिने तालिम सम्पन्न भएको छ ।

सो क्षेत्रका मुढेवास, वसन्तटार र कुरुले तेनुपा गाविसका अगुवा पशूपालक कृषकहरुको उपस्थितीमा सञ्चालित तालिममा गाई,भैसी,वाख्रा सुंगुर लगायतका पशूहरुमा लाग्ने नाम्ले जुका र अन्य रोगका लक्षण र रोगहरु रोकथामको वारेमा छलफल भएको छ ।

तालिमको सहजीकरण मुढेवास पशूसेवा केन्द्र ख का प्रमुख देव नारायण श्रेष्ष्ठ र वसन्तटारका पशू प्राविधिक विमल मिश्रले सहजीकरण गर्नुभएको थियो ।

तालिममा सहभागी कृषकहरुले यस्ता खालका तालिमले पशुपालक किसानलाई धेरै सहयोग पुग्ने वताउदै फेरी फेरी पनि तालिम आयोजना गर्नु आवश्यक रहेको वताएकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।